विद्यालयमा विश्राम कक्ष निर्माण : महिनावारीका बेला अब छुट्दैन कक्षा

मधुवन । मधुवन नगरपालिका वडा नं-७ मा रहेको श्री नेपाल राष्ट्रिय आधारभुत बिद्यालय दशरथबस्ती कक्षा ८ मा अध्ययनरत सन्ध्या भण्डारी आफ्नो विद्यालयमा विश्राम कक्ष स्थापना भएको भन्दै अब विद्यालयमा नियमित उपस्थित हुन समस्या नहुने बताउनुहुन्छ ।

महिनावारी भएको बेलामा पेट दुख्ने समस्या र दिनमा पटक पटक आवश्यक पर्ने प्याडको आवश्यकतालाई मध्यनजर गर्दै विद्यालयमा विश्राम कक्ष स्थापना भएपछि उनी अब विद्यालय नियमित हुने कुरा सम्झेर खुशी भएको बताउनुहुन्छ ।

विद्यालयमा विश्राम कक्ष स्थापनासँगै दुखाई कम गर्ने औषधी, नि:शुल्क रुपमा स्यानेटरी प्याड र अन्य आरामका लागि आवश्यक सामाग्रीको समेत व्यवस्था गरेको उहाँलेले बताउनुभयाे ।

उहाँ जस्तै यस विद्यालयकाे कक्षा ६ र ८ मा अध्ययनरत करिव ५५ जना छात्राहरुलाई महिनावारी भएको बेला विद्यालय अनुपस्थित हुने समस्या टरेको हाे ।

विश्राम कक्षमा कुनैपनि छात्राले महिनावारी भएको बेला गएर आराम गर्न सक्ने, स्यानेटरी प्याड प्रयोग गर्न सक्ने व्यवस्था रहेको छ ।

‘पहिले पहिले महिनावारी भएको बेला छात्राहरू स्कुलमा आउँदैनथे । आएपनि पेट दुखेको छ भनेर बिचमै कक्षा छाडेर घर जाने गर्दथे भने अब महिनावारी भएका छात्रा निर्धक्कसँग विश्राम कक्षमा गएर आराम गर्न सक्छन्, नेपाल राष्ट्रिय आधारभुत विद्यालयका प्रधानाध्यापक प्रदिप रिजालले भन्नुभयो ।

प्लान इन्टरनेशनल नेपालका प्रतिनिधि बिमल गैरेले नेपाल राष्ट्रिय आधारभुत बिद्यालय दशरथबस्ती र गेरुवा गाउँपालिकाको वडा नं-४ मा रहेको श्री सरस्वती आधारभुत बिद्यालयमा महिनावारी हुने छात्राहरूको समस्यालाई मध्यनजर गर्दै विश्राम कक्ष निर्माण गरिदिएको जानकारी दिनुभयाे ।कक्ष निर्माणसंगै आराम गर्नका लागि बेड, बेड म्याटिक्स, प्याड राख्ने क्याबिन, कार्पेट, पीफम, इलोक्ट्राेनिक बर्निङ मेसीन, बेट सिट, बलाङकेट, महिनावारी कक्षका लागि आवश्यक सामग्रीहरूको व्यवस्था गरिदिएको समेत उहाँले बताउनुभयो ।

उहाँका अनुसार दुई वटा विद्यालयकाे कक्षा ६ कक्षादेखि ८ कक्षा सम्मका करिब २०० छात्राले साे सुविधाको प्रयोग गर्न पाउने छन् । ‘विशेष गरी पहिलोपटक महिनावारी हुने छात्रालाई बढी पीडा हुन सक्छ, गैरेले भन्नुभयो, विद्यालयमा रहेको बेला महिनावारी भएमा छात्राहरू निकै समस्यामा पर्ने गर्छन् । यही समस्या नहोस् भनेर हामीले छात्रा विश्राम कक्षको स्थापना गरिदिएका हौं।’

कुनै पनि विद्यार्थीको पढाइ प्रभावित नहोस् भन्ने आफ्नो चाहना रहेको जनाउँदै अभिभावकले पनि महिनावारी भएको बेलामा छात्रालाई विद्यालय पठाउनु पर्ने गैरेले बताउनुभयो ।

महिनावारी भएको बेलामा दैनिक सरसफाई गर्नुपर्ने र सन्तुलित खानाका साथै आरामको व्यवस्था गराउनु पर्ने बारेमा विद्यालयस्तरमा जनचेतना फैलाउने कार्य गर्नुका साथै यसको उचित संरक्षण गनुपर्ने समेत उहाँकाे जाेड छ ।

सरस्वती आधरभुत बिधालयका प्रधानाध्यापक नारायण प्रसाद पौडेलले संस्थाले विश्राम कक्षका लागि उपलब्ध गराएको सामाग्रीको उचित रुपमा बालबालिकाले वालबालिकाको सहभागीतामा यसको सदुपयोग गर्ने र बिद्यालयमा बालिकाहरु महिनावारी भएको बेला बिद्यालयमा अनियमित हुने दर घट्ने बताउनुभयो ।

उहाँले बालबालिकाका लागि गरिएको सहयोगप्रति प्लान इन्टरनेशनल नेपाल तथा भेरी वातावरणीय बिशिष्टता समुह (बि.ग्रुप) बाँकेलाई बिषेश धन्यबाद दिनुभयो ।

प्लान इन्टरनेशनल नेपाल, बि.ग्रुपको आर्थिक साझेदारीममा मधुवन नगरपालिका, गेरुवा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा बर्दियाको समन्वयमा २ वटा बिद्यालयमा रु १ लाख ४५ हजार ८०० का दरले २ वटा बिद्यालयको सामाग्रीका लागि २ लाख ९१ हजार ६०० बरावरको सामाग्री बिद्यालयलाई हस्तान्तरण गरिएको छ ।

Previous articleबाल विवाह न्यूनिकरणमा उल्लेख याेगदान पुर्‍याउएकाे भन्दै विभिन्न संस्था सम्मानित
Next articleअवधी पत्रकार संघद्वारा सांसद तिवारी सम्मानित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here