बाल विवाह न्यूनिकरणमा उल्लेख याेगदान पुर्‍याउएकाे भन्दै विभिन्न संस्था सम्मानित

मधुवन । मधुवन नगरपालिकामा राष्ट्रिय बाल दिवस, बाल विवाह न्यूनिकरण शिर्षक राखी नगरस्तरीय अन्तर माध्यामिक बिद्यालय तिज गित तथा नृत्य कार्यक्रम गरी मनाइएकाे छ ।

मधुवन नगरपालिका, नेपाल साहित्यकला प्रतिष्ठान बर्दियाको आयोजनामा भएकाे कार्यक्रममा बालबालिकाका क्षेत्रमा काम गर्ने संघसंस्था प्लान इन्टरनेशनल नेपाल, भेरी वातावरणीय बिशिष्टता समुह (बि.ग्रुप), बेस बर्दिया सहभागी बनेकाे थियाे ।

यो वर्ष ‘वाललबालिकामा लगानी, सुनिश्चित भविष्यकाे थालनी’ भन्ने नारा तय गरिएको छ । नेपालले प्रत्येक वर्ष भदौ २९ लाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरेको छ ।

सन् १९९०, सेप्टेम्बर १४ मा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा लिइ राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरिएको छ ।विक्रम सम्वत २०२२ सालदेखि भदौ ४ गते मनाउन शुरु गरिएको बाल दिवस २०६३ पछि भने भदौ २९ गते मनाउन थालिएको हो ।

दिवसको अवसरमा मधुवन नगरपालिकाले बाल विवाह न्यनिकरण शिर्षक राखी नगरभित्रका सामुदायिक तथा संस्थागत गरि १२ वटा बिद्यालयको नगरस्तरीय अन्तर माध्यामिक बिद्यालय तिज गित तथा नृत्य प्रतियोगिता संचालन गरेको छ ।

बाल विवाहका कारण हुने जोखिम तथा यसका असरहरु, कानुनमा भएका नीतिगत व्यवस्थाबारे जनचेतना फैलाउने कार्य गरिएको थियो ।

बाल दिवसको अवसरमै शिक्षा तथा सामाजिक क्षेत्रमा कृयाशिल संस्था प्लान इन्टरनेशनल, भेरी वातावरणीय बिशिष्टता समुह (बि.ग्रुप) बाँके, बेस बर्दिया र सोनाह बिकास समाज बर्दियालाई सम्मान पत्रले सम्मानित गरिएको थियो ।

Previous articleमाइक्रोले ठक्कर दिँदा एकको मृत्यु, पाँच घाइते
Next articleविद्यालयमा विश्राम कक्ष निर्माण : महिनावारीका बेला अब छुट्दैन कक्षा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here