माताको जयकाराले गुञ्जियो नेपालगन्ज


नन्दलाल साहू

बाँके । प्रसिद्ध शक्तिपीठ माता बागेश्वरी मन्दिर रहेको यस नेपालगञ्ज शहर लगायत गाउँ गाउँमा शारदीय नवरात्रको रमझम शुरु भएको छ । कोरोनाको बावजूद पनि श्रद्धालुहरुको जमघट भएको देख्न सकिन्छ ।

माता बागेश्वरीको पावन दर्शन गर्नका लागि बिहानै देखि श्रद्धालु लामबद्ध बस्न शुरू गरेका थिए । यस अवसरमा बाँकेको नेपालगन्ज क्षेत्र माता बागेश्वरीको जयकाराले से गूंजिएको छ । श्रद्धालुहरुको आस्थाको केन्द्र माता दुर्गाको विभिन्न पण्डाल शारदीय नवरात्रको लागि विशेष रूपले रंगबिरंगी फूलहरुले बिजुलीबत्तीले सजाइएको छ ।

घटस्थापनाको दिन विभिन्न स्थानहरुबाट बागेश्वरी मन्दिर पुगेका श्रद्धालुहरुको भारी भीड देखियो । शक्ति पीठमा सुरक्षाको पुख्ता व्यवस्था गरिएको छ । जिल्लामा शारदीय नवरात्रको रमझम शनिबारबाट शुभारंभ भएको हो । कोरोनाले गर्दा चैत्र नवरात्र हुन पाएन । यो कोरोना कालकोबीच पहिलो नवरात्र मनाइदैछ ।

जसले गर्दा प्रशासनले कोविड-१९ को सुरक्षा नियमपालना गराउन सुचना नै जारी गरेको छ । घटस्थापनाको दिनदेखि विजयादश्मी वा मुर्ति विसर्जनसम्म लाखौं श्रद्धालू सहभागी हुने गरेका छ्न । मन्दिर परिसरको सरसफाई गरिएको छ। मन्दिरलाई रंगबिरंगी फूलले साज सज्जा गरिएको छ।

Previous articleनेपालगञ्जको बिभिन्न स्थानमा दुर्गा माताको मुर्ति स्थापना (फोटो फिचर)
Next articleपिछडिएका बस्तीहरुमा हात धुने अभ्यास

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here