संविधान दिवसमा भेरी अस्पतालका २०० विरामीलाई फलफूल वितरण

नेपालगञ्ज । संविधान दिवसको अवसरमा नेपालगञ्जस्थित भेरी अस्पतालका विरामीलाई फलफूल वितरण गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले आज भेरी अस्पतालमा उपचाररत २०० विरामीलाई फलफूल वितरण गरेको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाले जिल्ला प्रशासन कार्यालय बाँकेसंगको समन्वयमा फलफूल वितरण गरेको हो । फलफूल वितरण कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट र प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले संविधान दिवसका अवसरमा शुभकामना दिँदै जनआकांक्षा सम्बोधन गर्ने दिशामा संविधान सफल सिद्ध हुने विश्वास ब्यक्त गर्नुभयो ।

संविधानको अक्षरशः कार्यान्वयन गर्न सबै सरोकारवाला प्रतिबद्ध हुनुपर्ने उहाँहरुको भनाई छ । 

फलफूल वितरण कार्यक्रममा भेरी अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्रबहादुर शाह, प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. पवनजंग रायमाझी, बाँके प्रहरी प्रमुख सन्तोषसिंह राठौर, नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजाल लगायत उपस्थित हुनुभएको थियो । 

Previous articleनिर्वाचित तथा बिभिन्न जिम्मेवारीमा आगन्तुक प्रहरी निरीक्षकको स्वागत
Next article‘अधिकार प्राप्ती नहुँदा संविधान कार्यान्वयनमा समस्या’: मुख्यमन्त्री चौधरी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here