खजुराका १६ जना किसान सम्मानित

बाँके । बाँकेका खजुरा गाउँपालिका-२, रिमझिम चोकमा रहेको अष्टम साना किसान कृषि सहकारी संस्था सीतापुर सेवा केन्द्रले १६ जना किसानलाई सम्मान गरेको छ ।

अष्टम साना किसानले आफ्नो २६औं वार्षिक साधारण सभाको अवसरमा विभिन्न विद्यामा उत्कृष्ट भएका १६ जनालाई सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि एवम् पालिकाको वडा नम्बर-२ का वडा अध्यक्ष धनराम ओली क्षेत्री, विशिष्ट अतिथि एवम् अष्टम साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष देवबहादुर ओली तथा सीतापुर सेवा केन्द्रकी अध्यक्ष जगत शाहीले उहाँहरुलाई सम्मान गर्नु भएको हाे ।

सीतापुर सेवा केन्द्रले सबैभन्दा बढी शेयर भएका गोमा विक, बढी व्यक्तिगत बचत गर्ने वृन्द्रा कुमारी खत्री र बढी बाल बचत गर्ने कृशल भण्डारीलाई सम्मान गरेको छ ।

यसैगरी समूह बढी बचत गर्नेहरुमा गंगा पुनमगर, सीता कुमारी पोख्रेल, मायाकुमारी निरौला, अमृता नेपाल, बिमला खड्का, मिना बुढामगर र तिला थापा सम्मानित भएको सीतापुर सेवा केन्द्रकी प्रवन्धक लक्ष्मी रानाक्षेत्रीले बताउनुभयाे ।

सेवा केन्द्रले पशुपालन गर्ने उत्कृष्ट किसानहरुलाई पनि सम्मान गरेको छ । जसमध्ये भैसी पालन गर्ने बसन्धरा खनाल, गाईपालन गर्ने उर्मिला हमाल, कुखुरा पालन गर्ने पूर्णकला चौधरी, बाख्रा पालन गर्ने निर्मला शर्मा, तरकारी खेती गर्ने रिता खड्का र बंगुर पालन गर्ने सीतापुर सेवा केन्द्रकी अध्यक्ष जगत शाहीलाईलाई सम्मान गरिएको हो ।

सहकारी संस्था जिल्लाको उत्कृष्ट कृषि संस्था मध्येको एक संस्था हो । कार्यक्रममा बोल्ने वक्ताहरुले पनि अष्टम साना किसानले जिल्लाका महिला किसानहरुलाई समेटेर उनीहरुलाई आर्थिक समृद्वितर्फ अग्रसर गराएको बताएका थिए ।

कार्यक्रममा प्रमुख अध्यक्ष ओली क्षेत्रीले अष्टम साना किसानले महिलाहरुलाई कृषितर्फ आकर्षण गराउँदै लगेको र उनीहरुलाई कृषिको माध्यमबाट अग्रसर बन्न प्रेरित गरेको बताउनुभयाे ।

कार्यक्रममा सेवा केन्द्रीकी अध्यक्ष शाहीले आर्थिक वर्ष २०७९/८० को १ करोड ६४ लाख १७ हजार ३ सय ३२ रुपैयाँको नाफा नोकसान विवरण सार्वजनिक गर्नु भएको थियोे ।

साथै उहाँले आर्थिक वर्ष २०७८/७९ को ८ करोड ६० लाख १२ हजार ६ सय १८ र आर्थिक वर्षको २०७९/८० को ११ करोड ४८ लाख ७६ हजार ६ सय ९९ रुपैयाँको वासलातसमेत सार्वजनिक गर्न भएको थियोे ।

जिल्लामा रहेका ८ वटा सना किसान कृषि सहकारी संस्थाहरु २०८० जेठ १ गते एकिकरण भई अष्टम साना किसान कृषि सहकारी संस्था भएको हो । सोपश्चात संस्थाको कारोबार करिब १ अर्ब ३५ करोड, शेयर पुँजी ११ करोड, बचत ६४ करोड र शेयर दस्य १० हजार ७ सय भई जिल्लाको ठूलो संस्थाको रुपमा स्थापित छ ।

सीतापुर केन्द्रमा भने हाल ८ सय ६ जना महिला सदस्यहरु छन् । यस केन्द्रले गत आर्थिक वर्षमा ५६ लाख ३ हजार नाफा आर्जन गरेको थियो भने यस वर्ष ६३ लाख ४१ हजार नाफा आर्जन गर्ने प्रस्तावित गरिएको छ ।

अष्टम साना किसानले सदस्यहरुलाई प्रोत्सहनस्वरुप २ वटा सन्तानसम्मको लागि सुत्केरी पोषण खर्चवापत १ हजार रुपैयाँ प्रदान गर्दै आएको सहायक प्रवन्धक हरेन्द्रबहादुर राईले बताउनुभयाे । राईका अनुसार गत वर्ष सीतापुर सेवा केन्द्रले १० जनालाई उक्त रकम प्रदान गरेको थियो ।

Previous articleपूर्व विद्यार्थी समाजको निःशुल्क आँखा परीक्षण शिविर
Next articleनेपाल मानव धर्म सेवा समितीद्वारा विभिन्न व्यक्ति सम्मानित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here