पूर्व विद्यार्थी समाजको निःशुल्क आँखा परीक्षण शिविर

नेपालगञ्ज । श्री जनता माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाज सन्तकुटी खजुराले आफ्नो प्रथम स्थापना दिवकोे उपलक्ष्यमा निःशुल्क आँखा चेक जाँच विशेषज्ञ सेवा सम्पन्न भएको छ ।

श्री जनता मा.वि. पूर्व विद्यार्थी समाजको आयोजना तथा भिजन आँखा अस्पताल नेपालगंजको प्राविधिक सहयोगमा शनिबार निःशुल्क आँखा चेक जाँच गरिएको थियो ।

कार्यक्रममा श्री जनता मा.वि. पूर्व विद्यार्थी कार्यसमितिका पदाधिकारी, सदस्य, सल्लाकार, आजिवन सदस्यहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको विशेषज्ञ सेवामा आँखाको नि:शुल्क चेक जाँच, आँखाको प्रेसर जाच लगायत निशुल्क औषधि वितरण र चश्मामा छुट सहितको सेवा प्राप्त भएको थियो । शनिवार विहान ८ वजेबाट १० बजे सम्म संचालित आँखा चेक जाँच कार्यबाट २० जनाले सेवा लिएका छन् ।

श्री जनता मा.वि. पूर्व विद्यार्थी समाज सन्तकुटी खजुराका सल्लाकार एवं आजतको यस कार्यक्रमका संयोजक डा.प्रचण्ड गौतमले कार्यक्रमको उदेश्य माथी प्रकाश पार्नुभएको थियो ।

हामी पूर्व विद्यार्थीहरु आजिवन सदस्यको रुपमा अगाडी वढे हामी विचको सहयोग सहजै प्राप्त गर्न सक्नेहुँदा समाजमा आजिवन सदस्य वृद्धि गर्न तर्फ लाग्न पनि अनुरोध गर्नु भयो ।आफुले यसरी आफु अध्यन गरेको विद्यालय परिवारको आँखा चेक जाँच गर्न पाउदा खुसी लागेको र आफु समाजको हरेक कार्यमा जहिले पनि सँगै हुने वताउनु भयो ।

कार्यक्रममा उपस्थित सम्पूर्ण मानुभावहरुलाई समाजका सदस्य सचिव टंकनाथ दाहलले स्वागत गर्नुएकाे थियो भने पूर्व विद्यार्थीहरु समाजमा जोडिएर यसको गरिमा वढाउनको लागि लाग्न समेत अनुरोध गर्नु भयो ।

विद्यार्थी समाजका अध्यक्ष झविलाल शर्माले आफुहरू जहाँ छौं जुन स्थानमा छौं त्यो स्थानबाट आआफ्नो सहयोग गरे समाजको गतिविधिहरुलाई सकारात्मक रुपमा अगाडी वढाउन सकिने वताउनु भयो ।

साथै कार्यक्रममा सहयोग पुर्याउनु हुने समाजका संल्लाकार एवं यस कार्यक्रमका संयोजक डा. गौतम लगायत भिजन परिवारप्रति आभार सहित धन्यवाद दिनुका साथै कार्यक्रममा उपस्थित सम्पूर्ण पूर्व विद्यार्थीहरुलाई धन्यवाद दिनु भएको थियो ।

कार्यक्रममा श्री जनता मा.वि. सन्तकुटीबाट पहिलो एस.एल.सी. उत्तिर्ण पूर्व विद्यार्थी जगदिश चन्द्र तिमिल्सेनाको समेत उपस्थिति रहेको थियो । उक्त कार्यक्रम पूर्व विद्यार्थी समाजका सचिव विवेक लामिछानेले संचालन गर्नु भएको थियो ।

Previous articleप्रतिनिधि सभा सदस्य डा.राणाले गरे यादव समाजलाई सहयोग
Next articleखजुराका १६ जना किसान सम्मानित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here