तुलसीपुरमा अन्धाधुन्ध खुकुरी प्रहार, एककाे मृत्यु

दाङ । दाङकाे तुलसीपुर उपमहानगरपालिका ११ बेलटाकुरामा अन्धाधुन्ध खुकुरी प्रहार हुँदा साेही ठाउँकी एक ४३ वर्षीया महिला रीता लामिछानेको मृत्यु भएकाे छ ।

शनिबार छिमेकी ४२ वर्षीय टेकबहादुर हमालले दिउँसो दुई बजे खुकुरी प्रहार गर्दा आफ्नै घरनजिकैकि लामिछानेको घटनास्थलमै ज्यान गएकाे छ । हमालले प्रहार गरेको खुकुरीको चोटले अरु दुई जना गम्भीर घाइते भएका छन् ।

गम्भीर घाइते हुनेमा स्थानीय अन्दाजी ६५ वर्षीया कमलाकुमारी हमाल र उहाँका छोरा ४५ वर्षीय वीरबहादुर हमाल रहनुभएकाे छ । घाइते कमलाकुमारीको टाउकोमा गहिरो चोट लागेको छ ।

उहाँलाई थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर रिफर गरिएको छ भने अर्का घाइते वीरबहादुरको हातमा चोट लागेको छ । उहाँको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

खुकुरी प्रहार गर्ने टेकबहादुर हमाललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनलाई नियन्त्रणमा लिएर अनुन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी ठाकुर पोखरेलले जानकारी दिनुभयाे ।

उहाँका अनुसार हमाल दिउँसो घरबाट खुकुरी लिएर निस्किएका थिए । उनले बाटोमा जसलाई भेट्यो उसैमाथि अन्धाधुन्ध खुकुरी प्रहार गरेका थिए ।

टेकबहादुरले आफूलाई देउता चढेको भन्दै स्थानीयमाथि खुकुरी प्रहार गरेका थिए । सो क्रममा टेकबहादुरले भेटेका लामिछाने, वीरबहादुर हमाल र कमलाकुमारी हमाललाई खुकुरी गरेका प्रहार डिएसपी पाेखरेलले बताउनुभयो । उहाँका अनुसार घाइते दुई जना टेकबहादुरको छिमेकी भएको खुलेको छ ।

Previous articleनेपाल मानव धर्म सेवा समितीद्वारा विभिन्न व्यक्ति सम्मानित
Next article`अँध्यारो बस्तीकी नायिका´ लाई कथा सम्मान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here