`अँध्यारो बस्तीकी नायिका´ लाई कथा सम्मान

नेपालगन्ज । नवोदित कथाकार दिला शाहद्वारा लिखित कथासंग्रह अँध्यारो बस्तीकी नायिका’लाई  सनत रचना कथा सम्मान’ प्रदान गरिएको छ ।

वरिष्ठ कथाकार सनत रेग्मीद्वारा आफू र श्रीमतिको नाममा स्थापित उक्त सम्मान मध्यपश्चिम स्रष्टा समाजले २०७९ सालका लागि शाहद्वारा लिखित अँध्यारो बस्तीकी नायिका’लाई प्रदान गरेको हो ।

स्रष्टा समाजले नेपालगन्जमा आयोजना गरेको सम्मान हस्तान्तरण कार्यक्रममा लुम्बिनी प्राविधिक विश्वविद्यालयका सेवा आयोग सदस्य प्रा. डा. कृष्णप्रदाद घिमिरेले कथाकार शाहलाई हस्तान्तरण गर्नुुभयाे ।

नगद १० हजार एक सय ११ रुपैयाँ राशिसहितको सम्मान हस्तान्तरण गर्दै घिमिरेले कथाकार शाहमा राम्रो कथाकार हुने क्षमता देखिएकोले निरन्तर साधनामा लाग्न आग्रह गर्नुभयाे ।

सम्मानित पुस्तकमाथि आफ्नो समीक्षाकीय धारणा राख्दै समीक्षक लेकप्रसाद प्याकुरेलले कथा संग्रहमा नारी पात्र प्रमुख रहेकाे र बाल मनोविज्ञानका कथा पनि पठनीय रहेका धारणा राख्नुभयाे । उहाँले पात्र र कथालाई थप माझ्न सकेमा शाहले उत्कृष्ट कथाकृति दिनसक्ने धारणा राख्नुभयाे ।

सम्मानित कथाकार शाहले पुस्तकलाई सम्मान गरिनुले साहित्य लेखनीमा आफूलाई हौसला थपिएको बताउनु भयाे । वरिष्ठ कथाकार रेग्मीले विद्याकुटीर फउण्डेसनमा रहेको कोषबाट हरेक वर्ष कथाकार वा कथाकृतिलाई उक्त सम्मान प्रदान गरिने बताउनुभयाे ।

उक्त सम्मान हरेक वर्ष रेग्मीको जन्मोत्सवका दिन प्रदान गर्न मध्यपश्चिम स्रष्टा समाजले संयोजक र व्यवस्थापकको भूमिका खेल्ने समाजका अध्यक्ष शुक्रऋषि चौलागाईंले जानकारी दिनुभयाे ।

सम्मान प्रदान गर्ने कार्यक्रममा विद्याकुटीर फाउण्डेसनले नै प्रकाशित गरेको डा. एकनारायण पौडेल लिखित पुस्तक नेपाली कथामा आन्चलिकता’को विमोचन पनि गरिएको थियो ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्यद्वय महानन्द ढकाल र शशीराम कार्की, लुम्बिनी प्रदेश सभा सदस्य माया पुन, ओलम्पियन सुरेन्द्र हमाल र कथाकार सुमित्रा न्यौपानेले बोल्नुभएकाे थियाे ।

Previous articleतुलसीपुरमा अन्धाधुन्ध खुकुरी प्रहार, एककाे मृत्यु
Next articleमानव अधिकार तथा शान्ति समाजको २० औं साधारण सभा सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here