मानव अधिकार तथा शान्ति समाजको २० औं साधारण सभा सम्पन्न

नेपालगन्ज । मानव अधिकार तथा शान्ति समाज बाँकेको २० औं साधारण सभा नेपालगन्जमा सम्पन्न भएको छ । कार्यक्रममको उद्घाटन समाजका केन्द्रीय सचिव निर्मल नेपाली तथा डा.प्रा.जनार्दन शर्मा र बिष्णु श्रेष्ठले संयुक्त रुपमा मैनबत्ती बालेर गर्नुभएको थियो ।

केन्द्रीय सचिव नेपालीले उद्घाटन गर्दै आफुहरु कसैसंग चन्दा नमागेरै कार्यक्रमहरु गरिएको प्रष्ट पार्दै समाजका साधारण सदस्य र आजीवन सदस्य र शुभचिन्तकहरुबाट संकलन गरेको पैसाबाट राष्ट्रव्यापी कार्यक्रमहरु गरिरहेको बताउनुभयो ।

भष्टाचार, मानव तस्कर लगायतका बिरोध कार्यक्रम तथा आन्दोलनहरु आफुहरु गोला बारुद, बन्दूकबाट नगरेर बुलन्द आवाजबाट गर्ने गरेको केन्द्रीय सदस्य नेपालीले गर्नुयभो । समाज संयुक्त राष्ट्र संघको मानार्थ सदस्य समेत रहेको छ ।

समाज बाँकेका सभापति पे्रम कुमार शर्माले सचिवको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सचिव घनश्याम बैश्यले एक लाख बढीको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

डा.प्रा. आचार्य, समाजका केन्द्रीय सदस्य ज्योति बाल्मिकी, समाजका पूर्व सभापति तथा अधिवक्ता पवन कुमार गुप्ता, नेपालगन्ज उद्योग वाणिज्य संघका प्रतिनिधि बिष्णु श्रेष्ठ, राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख द्वारिका अधिकारी लगातयले शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा समाजका दुई जना आजीवन सदस्य कृष्ण बहादुर थापा र हेम चन्द श्रेष्ठलाई खादा ओढाएर सम्मान गरिएको थियो । अहिलेसम्म ९ जना आजीवन सदस्यहरु भएका छन् । कार्यक्रममा समाजका पूर्व सभापति कृष्णा देवी पाण्डेयले संस्था र कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा शिक्षाबिद् किरण आचार्य, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक सुजन बाबु बिश्वकर्मा, कृष्ण बहादुर यादव, पूर्व सभापति बिष्णुलाल कुम्हार, लेखापढी व्यवसायी संघ बाँकेका अध्यक्ष जगदम्बा पाठक, जगदीश प्रसाद दुवेदी, सविता चन्द, समाजका कार्य समिति सदस्य गोमा आचार्य, लक्ष्मी शर्मा, राजेश सोनी, सन्दिप कश्यप, प्रकाश नेपाली, केवल कुमार बैश्य लगायत ४० जनाको सहभागिता रहेको थियो ।

Previous article`अँध्यारो बस्तीकी नायिका´ लाई कथा सम्मान
Next articleसमाजसेवी चार संस्था पुरस्कृत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here