विभिन्न कार्यक्रमसहित पूर्व विद्यार्थी समाजको स्थापना दिवस मनाइयाे

खजुरा । श्री जनता माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाज सन्तकुटी खजुराले आफ्नो प्रथम स्थापना दिवकोे उपलक्ष्यमा विभिन्न कार्यक्रम मनाएर स्थापना दिवस मनाएको छ । समाजले पहिलो स्थापना दिवसको अवसरमा निःशुल्क आँखा चेक जाँच, रक्तदान र सम्मान कार्यक्रम गरेको छ ।

पूर्व विद्यार्थी समाजले आयोजना गरेको एक कार्यक्रममा कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष झविलाल शर्माको रहेको थियो भने कार्यक्रमको प्रमुख अतिथिको आतिथ्यता खजुरा गाँउपालिका प्रमुख डम्वर वहाुदर विक तुफानज्यू गर्नुभएको थियो ।

कार्यक्रममा एक वर्षको विशेष उपलव्धीको वारेमा समाजका अध्यक्ष शर्माले संक्षिप प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि खजुरा गाँउपालिका अध्यक्ष डम्वर विक तुफानज्यूले आफु यस समाजको स्थापना देखिनै साथमा रहेको र समाजले यो एक वर्षमा गरेको हरेक कार्यहरु उदाहरणिय रहेको वताउनु भयो । समाजको कार्यक्रममा पालिकाले समेत हातेमाले गर्ने समेत जानकारी गराउनु भयो ।

कार्यक्रममा समाजले श्री जनता मा.वि. सन्तकुटीबाट पहिलो पटक वि.सं. २०३१ सालमा एस एल सी उत्तिर्ण गनुहुने श्री जगदिश चन्द्र तिमिल्सेना र श्री सुमित्रा पौडेल श्रेष्ठलाई दोसल्ला र सम्मानपत्रबाट सम्मान गरेको छ ।

साथै समाजले शारिरीक रुपले अवस्थ रहनु भएका श्री जनता मा.वि. सन्तकुटीका पूर्व विद्यार्थी वसन्त सुवेदीलाई नगद रु. ५ हजार ५ रुपैया आर्थिक सहयोग समेत उपलव्ध गराएको थियो ।

कार्यक्रममा सम्मानित पूर्व विद्यार्थीहरु श्री जगदिश चन्द्र तिमिल्सेना र श्री सुमित्रा पौडेल श्रेष्ठले आफ्नो पुराना अनुभव र अनुभुतिहरु सेयर गर्नु भएको थियो । आज ५० वर्ष पछि विद्यालयमा आउदा आफुले स्वर्गमा आएको जस्तो अनुभूति गर्नपाएकोमा खुसी व्यक्त गर्नु भयो ।

समाजले आजनै पूर्व विद्यार्थी समाजका कार्यालयको उद्घाटन पालिका प्रमुख डम्वर वि.क. तुफानज्यूबाट सम्पन्न गरेको छ । समाजले कार्यालय स्थापनाका लागि सहयोग गर्नुहुने दाताहरुलाई सम्मान पत्र प्रदान गरेको थियो । समाजले प्रथम स्थापना दिवसको अवसरमा निशुल्क आँखा चेकजाच तथा रक्तदान कार्यक्रम समेत गरेको थियो ।

समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा १९ जनाले रक्तदान गर्नु भएको थियो । कार्यक्रममा समाजका नयाँ आजिवन सदस्यहरुको प्रमाण पत्र समेत वितरण गरिएको थियो ।

कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष श्री पुर्ण वहादुर भण्डारीज्यू, नेपाल रेडक्रस सोसाइटी बागेश्वरी उपशाखाका सभापति जिवनाथ सापकोटा, ज्ञानोदय मावि खजुराका प्रध्यानाध्यापक श्री ऋषिराम सापकोटा, आर्दश माविका पूर्व विद्यार्थी समाजका उपाध्यक्ष कोपिला कंडेल, आजिवन सदस्य जे.पाण्डे र भरत महत्तो समेतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य समाजका कोषाध्यक्ष रत्ना कार्की र कार्यक्रमको उदेश्यमाथी प्रकास समाजका सचिव विवेक लामिछानेले गर्नु भएको थियो भने कार्यक्रम संचालन समाजका सहसचिव सुजता खरेलले गर्नु भएको थियो ।

Previous articleसुर्खेत जाँदै गरेको रात्री बस दुर्घटना
Next articleकाेहलपुरमा `एच पिभी´ लगाउन शुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here