
नेपालगन्ज । बिपन्न महिलाहरुलाई डुडुवा गाउँपालिका वडा नं-२ स्थित अमृत महिला समुह र विकास महिला समूहमा आवद्ध २४ जना महिलाहरुलाई बाख्रा वितरण गरिएको छ ।
दलित महिला संघ (फेडो) नेपाल बाँकेले डि.सि.ए.को आर्थिक सहयोगमा पहुँच नामक परियोजना अन्तर्गत डुडुवा वडा नं-२ मा रहेको अमृत महिला समूह र विकास महिला समूहमा आवद्ध बिपन्न समुदायका मधेशी, मुस्लिम महिलाहरुलाई ७२ वटा बाख्रा र १ वटा बेलन बाख्रा वितरण गरिएको हो ।
डुडुवा वडा नं-२ का वडाध्यक्ष दुर्गा प्रसाद वर्माको उपस्थितिमा कार्यपालिका सदस्य छवरानी यादव, पशु शाखाका ना.प्रा.स.द्वय रक्षाराम यादव, हिकमत बहादुर खत्री, सामाजिक परिचालक सर्वेश कुमार सोनखर, सोनूसिंह बिक, दलित महिला संघ (फेडो) नेपाल बाँकेकी अध्यक्ष निर्मला सुनार, कार्यक्रम संयोजक दिलिसा गौतम लगायतको उपस्थितमा बाख्रा खोर मर्मत सहयोग पश्चात खोर निर्माणपछि बाख्रा बितरण गरिएको फेडोकी लेखापाल प्रतिभा गुर्तालले जानकारी दिनुभयो ।
अमृत महिला समूह र विकास महिला समूहका बिपन्न समुदायका मधेशी, मुस्लिम महिलाहरुलाई प्रति व्यक्ति ३/३ वटा बाख्रा र दुई समूहमा १ वटा बेलन बाख्रा वितरण गरिएको थियो ।





