बाँके राष्ट्रिय निकुञ्जमा आजदेखि टाइम कार्ड लागू

नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्जको राजमार्ग क्षेत्रमा आजदेखि टाइम कार्ड लागू भएको छ । राजमार्गमा दुर्घटनाका साथै सवारी साधनको ठक्करबाट वन्यजन्तुको मृत्यु हुने दर बढेपछि टाइम कार्ड लागू गरिएको निकुञ्ज प्रशासनले जनाएको छ ।

निकुञ्जको मुख्यालय ओभरीदेखि खैरीखोलासम्म करिब १५ किलोमिटर क्षेत्रमा टाइम कार्ड लागू हुने बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अर्जुन भुसालले जानकारी दिनुभयो ।

करिब १५ किलोमिटर दूरी पार गर्न २३ देखि अन्दाजी २८ मिनेटको समय दिइनेछ । त्यस्तै, निकुञ्ज क्षेत्रमा हुने सवारी दुर्घटना रोक्न सवारी साधन बिग्रिएर सडकमा राख्नुपर्ने अवस्थामा अनिवार्य रूपमा सवारी भई कार्यान्वयनको साधनको ५० मिटर अगाडि र ५० मिटर पछाडी रिफ्लेक्टर ट्र्याङगल राखिने भएको छ ।

यस्तै सवारी साधन मर्मतका लागि एक घन्टाभन्दा बढी लामो समय लाग्ने भएमा सवारी धनी र व्यवसायी पक्षले खर्च व्यहोर्ने गरी सुरक्षा निकायले सवारीलाई निकुञ्जभन्दा बाहिर ल्याएर राख्ने र बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा फोहोर नगर्ने निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्न पनि लागिएको छ ।

Previous articleडुडुवा-२ मा ७२ वटा बाख्रा बितरण
Next articleनेपालगञ्जमा शान्ति सदभाव कायम राख्न आग्रह

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here