नेपालगञ्जकाे कर्फ्यू र निषेधाज्ञा हट्याे

नेपालगन्ज । बाँकेमा प्रशासनले नेपालगञ्जमा लगाउदै आएको कर्फ्यू र निषेधाज्ञा हटाएको छ ।

असोज १६ गते दिउँसो १ बजेदेखि नेपालगञ्जमा कर्फ्यू लगाइएको थियो । त्यसपछि रातीमा कर्फ्यू र दिनमा निषेधाज्ञा लगाउने गरिएको थियो ।

नेपालगञ्जको जनजीवन सामान्य बन्दै गएपछि प्रशासनले कर्फ्यू र निषेधाज्ञाको समय घटाउदै लगेको थियो ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले २३ गते बिहान ४ बजे  देखि पूर्णरुपमा कर्फ्यू र निषेधाज्ञा हटाईएको जानकारी दिनुभयाे ।

सामाजिक सञ्जालमा कुनै व्यक्तिले लेखेको स्टाटस र त्यसको जवाफमा लेखिएको कमेन्टको विषयलाई लिएर नेपालगञ्जमा सद्भावविरोधी गतिविधि भएको थियो ।

Previous articleकर्मचारीकाे आन्दोलनमा ट्रेड युनियनहरूकाे एक्यवद्धता
Next articleचेतन मानन्धर प्रकरण-प्रत्यक्षदर्शी भन्छनः घटना स्थलमा थिएनन् रिगल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here