
नेपालगञ्ज । गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ । मंगलबार गृह मन्त्रालयले सिडिओको सरूवा एवं पदस्थापन गरेको हो ।
जिल्ला प्रशासन कार्यालय दोलखाका सिडिओ कोमलप्रसाद धमलाको सरूवा भएको छ । उहाँको जिल्ला प्रशासन कार्यालय सर्लाहीमा सरूवा भएको हो । सर्लाहीका इन्द्रदेव यादवको इलाममा सरूवा भएको हो ।
जिल्ला प्रशासन कार्यालय बाँकेका सिडिओ एवं सहसचिव विपीन आचार्यको गृहमन्त्रालयमा सरूवा भएको हो । इलामका श्रवणकुमार पोखरेलको जिल्ला प्रशासन कार्यालय बाँकेमा सरूवा भएको हो ।
यस्तै गृह मन्त्रालयमा रहनुभएका टुवराज पोखरेलको जिल्ला प्रशासन कार्यालय दोलखामा पदस्थापन भएको हो । बाँकेमा केही दिन अघि मात्रै दुई समुदायबीच दंगा भडकिएपछि प्रशासनको कमी कमजोरी रहेको प्रश्न उठेको थियो ।





