वीपी चाेकस्थित फर्निचर पसलमा आगलागी : एक कराेड बढीको क्षति

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा न-११ बिपीचोकमा रहेका फर्निचर पसलहरुमा भएकाे आगलागीका कारण एक करोड बढी क्षति भएको छ ।

शुक्रबार बिहान ६ वटा फर्निचर पसल र एउटा किराना तथा नास्ता पसलमा आगलागी हुँदा एक करोड बढीको क्षति भएको हो ।

बिहान करिब साढे ४ बजे आलिया ट्रेर्डस (काठ फर्निचर) पसलमा बिद्युतको तार सर्ट भएर आगलागी हुँदा नजिकै रहेका अन्य ६ वटा पसल पनि जलेर नष्ट भएको बाँके प्रहरीले जनाएको छ ।

पसलधनीहरुका अनुसार आगलागीबाट अनुमानित करिब एक करोड ३ लाख बराबरको क्षति भएकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Previous articleबाँकेका प्रहरी प्रमुख एसपी राठौरको सरुवा
Next articleमाओवादी केन्द्रका नेता-कार्यकर्ताको श्रमदान अभियान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here