नेपालगञ्जमा भोलीदेखि रामलीला

नेपालगञ्ज । डेढसय वर्षदेखि नेपालगन्जमा सञ्चालन हुँदै आएको रामलीला यसपाली भोलीदेखि शुरु हुने भएको छ । प्रत्येक वर्ष दसैँका अवसरमा नेपालगञ्ज-१३ रामलीला मैदानमा रामलीला मञ्चन हुँदै आएको छ ।

रामलीलाको एक सय ५६ औँ संस्करणका लागि आवश्यक तयारी पुरा भइसकेको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोष कुमार कानोडियाले जानकारी दिनुभयो । एक सय ५३ र एक सय ५४ औँ संस्करण कोरोना महामारीका कारण स्वरुप परिवर्तन गरिएको थियो ।

सत्यमाथि विजयको प्रतीकका रूपमा मनाइने दसैँको पहिलो दिन घटस्थापनादेखि विजयादशमीको दिनसम्म राति ७ बजेदेखि १२ बजेसम्म रामलीला मञ्चन गरिन्छ । भारत वृन्दावन धामका श्री जगदिश प्रसाद शर्मा नेतृत्वको संगीतमय कलाकार टोली नेपालगञ्ज पुगीसकेको सञ्चालक समितिले जनाएको छ ।

अध्यक्ष कानोडियाका अनुसार, भोली दिउँसाे २ वजेदेखि रामलीला मैदानबाट शोभा यात्रा सञ्चालन गरिने छ भने साँझ ८ वजे नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले रामलीला महोत्सवको समुदघाटन गर्नु हुनेछ । रामलीलामा धनुष यज्ञ, रावणवध, भरतमिलाप र रामको शुभ राज्याभिषेक आदि मञ्चन हुने गर्दछ ।

नेपालगञ्जको ऐतिहासिक र धार्मिक परम्पराका रुपमा स्थापित रामलीलालाई जोगाइ राख्न सहयोग सङ्कलन गरेर पनि रामलीला महोत्सव गर्दै आएको प्रचारमन्त्री आदित्य गुप्ताले जानकारी दिनुभयो ।

Previous articleविद्यार्थी टिकाई राख्न शक्ति समूहले गर्यो शैक्षिक सहयोग
Next articleनेपालगञ्जमा दिउँसो सामान लोड र अनलोड गर्न नपाइने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here