विद्यार्थी टिकाई राख्न शक्ति समूहले गर्यो शैक्षिक सहयोग

नेपालगन्ज । नेपालगन्जका सामुदायिक विद्यालयमा अध्ययनरत २५ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएकोछ ।

शक्ति समूहले विद्यालय छाडेका र छोड्न सक्ने विद्यार्थीलाई कपी, कलम, पोशाक, जुत्ता, झोलासहितको उक्त शैक्षिक सामाग्री सहयोग गरेको हो ।

नेपालगन्ज उपमहानगरपालिकाका ५ वटा विद्यालयका गरीव, विपन्न परिवारका २५ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको शक्ति समूह, लुम्बिनी प्रदेश संयोजक निर्मला पौडेलले जानकारी दिनुभयाे ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष तरुण बज्रचार्य र शक्ति समूहकी प्रदेश संयोजक पौडेलले शुक्रबार एक कार्यक्रमकाबीच विद्यार्थीलाई उक्त शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको थियाे ।

धम्बोझी उमावि, फुल्टेक्रा मावि, शारदा निमावि गडरियनपुर्वा, नेरामावि कण्ठिपुर र नेराआवि जयसपुरका २५ जना विद्यार्थीलाई सहयोग गरिएको हो ।

शैक्षिक सामाग्री वितरण कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ का वडाअध्यक्षले विद्यार्थीलाई विद्यालयमा पहुँच बृद्धिका लागि शक्तिले गरेको सहयोगको चर्चा गर्नुभयाे ।

उहाँले यस्ता कार्यक्रम स्थानीय सरकारले आफै गर्नुपर्ने भएपनि सामाजिक संघसस्थाले समेत सहयोगी भूमिका खेलेर सघाईरहेको बताउनुभयाे ।

शिक्षाको पहुँचबाट कुनैपनि बालबालिका विमुख नहुने वातावरण निर्माणका लागि सबैको साथ र सहयोग रहनुपर्ने भन्दै वडाअध्यक्ष बज्रचार्यले शिक्षा क्षेत्रमा आगामी दिनमा बजेट तथा कार्यक्रम बढाउने बताउनुभयाे ।

विद्यालय पहुँच बृद्धि, निरन्तरता, गुणस्तरीय शिक्षा प्रर्बद्धनसगैं मानव बेचविखनको बारेमा ब्यापक जनचेतना फैलाउने काम शक्तिले गरेको प्रदेश संयोजक पौडेलले जानकारी दिनुभयाे । यही स्वरुपको कार्यक्रम नेपालगन्ज, कास्की र काठमाण्डौंमा समेत लागु भएको उहाँले बताउनुभयाे ।

अपरेशन अण्डरग्राण्ड रेल रोड(ओयूआर) परियोजना अन्तर्गत शक्ति समूहले ‘नाकाबाट उद्धार तथा संरक्षण पाथ परियोजना अन्र्तगत’ यी विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीलाई उक्त शैक्षिक सामाग्री प्रदान गरिएको हो ।

गतवर्ष यही परियोजना अन्र्तगत नेपालगन्जका हनुमान आधारभूत विद्यालय, जमुनाहा, आदर्श मावि, राँझा, कन्या मावि, सल्यानीबंगला, महेन्द्र मावि, भवानीयापुर र जगतज्योती मावि, बसुदेवपुरका २५ जना विद्यार्थीलाई समेत शक्ति समूहले सहयोग गरिसकेको छ । भने यस्तै यी ५ वटा विद्यालयलाई दुई-दुई थान कम्प्युटर समेत प्रदान गरिसकेको छ ।

सोही दौरान हाम्रो आवाज मानव बेचविखन मुक्त समाज भन्ने मूल ध्ययका साथ काम गरिरहेको शक्तिले मानव बेचविखनको बदलिँदो स्वरुप तथा अनलाईनबाट हुन सक्ने बाल यौन शोषण विषयक विद्यार्थीहरुसँग समेत अन्तरक्रिया गरेको थियो ।

उक्त अन्तरक्रिया तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम शक्ति समूहकी सनिषा कुमारी थारुले सञ्चालन गर्नभएको थियाे भने कार्यक्रममा शारदा निमाविका शिक्षक धर्मराज जोशी, नेरामावि कण्ठिपुरकी शिक्षिका सम्झना घर्ती, नेराआवि जैसपुरका शिक्षक मेराज जसगढ सञ्चारकर्मी विजय मल्लले समेत मानव बेचविखनको बदलिँदो स्वरुप र यसले निम्त्याउने दुर्घटनाका बारेमा आफ्नो धारणा राख्नुभएको थियाे ।

Previous articleकर्णाली प्रदेश ‘पूर्ण खोप प्रदेश’ घोषणा
Next articleनेपालगञ्जमा भोलीदेखि रामलीला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here