शिक्षा मन्त्री अशोक कुमार राई नेपालगञ्जमा

नेपालगञ्ज । शिक्षा मन्त्री अशोक कुमार राई नेपालगञ्ज आइपुग्नुभएको छ । कर्णाली प्रदेशको जुम्लामा रहेको सिंजा गाउँपालिकास्थित एक बिद्यालयले आयोजना गरिएको महायज्ञमा सहभागि हुन मन्त्री राई शनिबार दिउँसो नेपालगञ्ज आइपुग्नुभएको हो ।

मन्त्री राईलाई शिक्षा क्षेत्रका व्यक्तिहरुले दिउँसो नेपालगञ्ज बिमानस्थलमा स्वागत गरेका छन् । मन्त्री राई जुम्लामा सामुदायिक बिद्यालयको भवनका लागि आयोजना गरिएको महायज्ञको उद्घाटनमा सहभागि हुने कार्यक्रम रहेको छ ।

मौसमको खराबीका कारण हवाईजहाज उडानमा समस्या भएपछि मन्त्री राई आज नेपालगञ्जमै कार्यक्रम तय भएको छ । नेपालगञ्ज बसाईका क्रममा नेपालगञ्जका शिक्षा क्षेत्रका व्यक्ति तथा शिक्षा प्रेमीहरुसंग छलफलमा व्यस्त रहने जनाइएको छ ।

Previous articleनेपालगञ्जमा दिउँसो सामान लोड र अनलोड गर्न नपाइने
Next articleसूचना र मानव अधिकार केन्द्र ११ औं वर्षमा प्रवेश, सूचना अवार्डबाट अर्याल सम्मानित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here