सूचना र मानव अधिकार केन्द्र ११ औं वर्षमा प्रवेश, सूचना अवार्डबाट अर्याल सम्मानित

नेपालगन्ज । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र बाँके ११ औं वर्षमा प्रवेश गरेकाे छ । केन्द्रले शनिबार नेपालगन्जमा आफ्नाे ११ औं साधारणसभा सम्पन्न गरेकाे छ ।

कार्यक्रममा बाेल्दै नेपालगन्जका मेयर प्रशान्त बिष्टले सूचनाकाे अधिकार कार्यान्वयनमा केन्द्रले उल्लेख्य कार्य गरेकाे बताउनुभयो । उहाँले सूचना पाउने अधिकार सुनिश्चित गर्नका लागि उपमहानगरपालिकामा सूचना अधिकारी ताेकिएकाे स्पष्ट पार्नुभयाे ।

जुनसुकै ठाउँमा हुने सार्वजनिक कार्यका बारेमा जान्ने अधिकार सबै नागरिककाे भएकाले सहजरूपमा सबै निकायले सहजरूपमा सूचना प्रदान गर्नुपर्ने उहाँले बताउनुभयाे । ´सार्वजनिक सराेकारका कार्यमा सूचना अझ बढी महत्त्वपूर्ण हुन्छ,` मेयर बिष्टले भन्नुभयो, ´सूचना प्रदान गर्ने कार्यलाई सहज बनाउन सबै निकायबीच समन्वय आवश्यक छ ।`

साधारणसभामा सूचनाकाे हकका अभियान्ता तथा डिजिटल लाईट नेपालका अध्यक्ष टंक अर्याल, राष्ट्रिय मानव अधिकार आयाेग नेपालगन्ज प्रमुख द्वारिका अधिकारी, नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्षद्वय नन्दलाल वैश्य, कृष्णप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चाैलागाई, फातिमा फाउन्डेसन नेपालकी अध्यक्ष मैमुना सिद्विकी, क्लिन नेपालगन्ज ग्रीन नेपालगन्जका अध्यक्ष एवं अभियान्ता डा.समेत रहनुभएका डा.बिनाेद कर्णले केन्द्रले सूचनाकाे अधिकारका विशेष भूमिका निर्वाह गरेकाे बताउनुभएको थियाे । अध्यक्ष बिश्वजित तिवारीकाे सभापतित्वमा कार्यक्रम भएकाे थियाे ।

राष्ट्रिय सूचना सम्मान-२०८० बाट अर्याल सम्मानित
सूचना अभियान्ता एवं डिजिटल नेपालका अध्यक्ष टंक अर्याललाई राष्ट्रिय सूचना सम्मान-२०८० बाट सम्मानित गरिएको छ । केन्द्रले सूचना अधिकारकाे क्षेत्रमा उल्लेख्य याेगदान पुरयाउँदै आएका व्यक्तिलाई प्रदान गर्दै आएकाे सम्मान यस वर्ष अर्याललाई प्रदान गरिएको हाे ।हालसम्म तीन जनालाई प्रदान गरिएको साे सम्मान यसअघि बरिष्ठ पत्रकार तारानाथ दहाल नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष धर्मेन्द्र झालाई गरिएको छ । यस्तै साेही अवसरमा केन्द्रकाे कार्यालयमा कार्यरत सिमा हमाललाई कर्मचारी प्राेत्साहन पुरस्कार-२०८० बाट सम्मानित गरिएको छ ।

Previous articleशिक्षा मन्त्री अशोक कुमार राई नेपालगञ्जमा
Next articleनवरात्र शुरु, आज घटस्थापना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here