‘आफ्नो फोहर आफ्नै डस्टबिन राखौं’

नेपालगञ्ज । सदरलाईनमा रहेका पसलहरुबाट उत्पन्न हुने फोहर व्यवस्थापनका लागि नेपालगञ्ज वडा नं-११ ले डस्टबिन बितरण अभियान थालेको छ ।

नेपालगञ्ज बजारको मुख्य भागमा पर्ने वडा नं-११ मा रहेका व्यवसायीक पसलहरुबाट उत्पन्न हुने फोहर जथाभावी फालिदिँदा बजार दुर्गन्धित एवं फोहोर देखिने गरेको छ ।

वडा कार्यालयले यही कुरालाई व्यवस्थापन गर्नका लागि प्रत्येक पसलहरुलाई डस्टबिन बितरण शुरु गरेको वडा अध्यक्ष नन्द किशोर कश्यपले बताउनुभयो ।

‘दिनभरी पसल संचालन हुने र साँझ हुने बित्तिकै जथाभावी फोहर फालिएको भेटाएका छौं,’ वडाअध्यक्ष कश्यपले भन्नुभयो, ‘यसले सडकभरी फोहर हुने र दुर्गन्धित हुने गर्छ, यही कुरा व्यवस्थापन गर्न डस्टबिन दिएका छौं ।’

केही दिनअघि शुरु गरिएको यो अभियानले मुख्य सडकमा भएका पसलहरुलाई मात्रै डस्टबिन दिइनेछ । वडा कार्यालयका अनुसार मुख्य सडकमा भएका करिब दुई सय ५० बढी पसललाई बितरण गरिनेछ । पसलबाट निस्कने फोहर जथाभावी नफालेर, फोहर बोक्ने गाडी आएपछि त्यसैमा व्यवस्थापन गर्ने भन्ने शन्देश समेत प्रवाह गरिएको छ ।

मंगलबार त्रिभुवन चोक सदरलाईनमा बितरणका क्रममा गैरसरकारी संस्था महासंघ बाँकेका कोषाध्यक्ष सूर्यलाल यादव, सदस्य तारा बहादुर खत्रीले समेत उपस्थिति जनाउनुभएको थियो ।

वडा कार्यालयले शुरु गरेको यो कार्यले फोहर व्यवस्थापनमा धेरै सहज हुने सदस्य खत्रीले प्रतिक्रिया दिनुभयो । गैरसरकारी संस्था महासंघ वडा नं-११ मै अवस्थित छ ।

Previous articleपाैने तीन लाख बढी लागतमा निर्माण हात धुने स्थान हस्तान्तरण
Next articleनवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिंदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here