पाैने तीन लाख बढी लागतमा निर्माण हात धुने स्थान हस्तान्तरण

बर्दिया । बर्दियाको मधुवन नगरपालिकामा वडा नं-५ रामनगरमा रहेकाे नवनिर्मित बालमैत्री, अपाङ्गमैत्री तथा लैङ्गिकमैत्री पक्की हातधुने स्थान बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हिरालाल भाट आथित्यतामा हस्तान्तरण गरिएको छ ।

मधुवन नगरपालिकामा वडा नं-५ रामनगरमा रहेको श्री आनन्द आधारभुत विद्यालयलाई भेरी वातावरणीय बिशिष्टता समुह (बि-ग्रुप) बाँकेले बालमैत्री, अपाङ्गमैत्री तथा लैङ्गिक मैत्री पक्की हातधुने स्थान हस्तान्तरण गरेको हो ।

प्लान इन्टरनेशनल नेपाल, भेरी बातावरणीय बिशिष्टता समुह, (बि-ग्रुप) बाँकेको साझेदारी तथा मधुवन नगरपालिका शिक्षा,युवा खेलकुद शाखाको समन्वय तथा सहयोगमा बाल विवाह न्युनिकरण परियोजनामार्फत विद्यालयलाई पक्की हातधुने स्थान हस्तान्तरण गरिएको बि-ग्रुप बाँकेले जनाएको छ ।

विद्यालयमा बालमैत्री, अपाङ्गमैत्री तथा लैङ्गिक मैत्री पक्की हातधुने स्थान दुई लाख ६७ हजार ८८० रुपैयाँको लागतमा २०८० श्रावण ९ गते निर्माण सम्पन्न भएपछि हातधुने स्थान सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरिएको परियोजनाकी फिल्ड सुपरभाइजर गंगा गुरुङले जानकारी दिनुभयो ।

हस्तान्तरण कार्यक्रममा बालिकाहरुको शिक्षण सिकाइ, बिद्यालयमा नियमितता,र स्वास्थ्य सरसफाइमा, अबस्थामा बिद्यालय छाड्ने दर कम हुने र बालिकाहरुको सिकाइ उपलब्धीमा वृद्वि भएको पाउनुका साथै बिद्यालयमा बालबालिकाहरु नियमित भइ रहने र बालिकाहरु बालविवाहकाे जोखिम न्युनिकरण हुने अपेक्षा वक्ताहरुले भनाइ थियो ।

बिगत २ बर्षदेखि बर्दियाकाे बारबर्दिया, मधुवन, ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकामा प्लान नेपाल, बि-ग्रुपको साझेदारी तथा परियोजना संचालन भएका स्थानीय तहसँगको समन्वयमा बालविवाह न्युनिकरण परियोजनामार्फत बालिकाहरुको गुणस्तरीय शिक्षा, बालविवाहकाे जोखिम हुन नदिनका लागि आयआर्जनमा सहयोग, संरक्षण र बिद्यालयस्तरमा प्रजनन स्वास्थ्य अधिकारका बिषयमा संस्थाले पैरवी गर्दै आइरहेको छ ।

Previous articleप्रहरीको भूमिका महत्वपूर्ण र कार्य प्रशंसा योग्य : मुख्यमन्त्री चाैधरी
Next article‘आफ्नो फोहर आफ्नै डस्टबिन राखौं’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here