खानेपानी सरसफाई र महिनावारी स्वच्छता सम्बन्धी कार्यशाला ठाकुरद्वारा सम्पन्न

ठाकुरद्वारा । विश्वव्यापी दिगो विकास लक्ष्य ४ अन्तर्गत सबै विद्यालयहरूमा आधारभूत खानेपानी, सरसफाइ र महिनावारी स्वच्छताको प्रावधान हुनपर्ने गरी सूचकाङ्क तोकेको छ ।

नेपालको संविधानको भाग तीन मौलिक हकको धारा ३५ को उपधारा ४ ले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक सुनिश्चित गरेको र विद्यालय क्षेत्र विकास योजनाले गुणस्तरीय शिक्षाको लागि विद्यालयमा स्वच्छ खानेपानी व्यवस्थापन, सरसफाइका सुविधा र महिनावारी स्वच्छताक वातावरणको आवश्यकतालाई महत्वपूर्ण पक्षको रूपमा लिएको सन्दर्भमा परियोजना संचालन भएका २३ विद्यालयहरूमा खानेपानी ,सरसफाइको सुविधा महिनावारी स्वच्छता वातावरणको विकास तथा प्रवद्र्घन गर्ने कार्यमा एकरूपता ल्याई सिकाइ उपलब्धि तथा शैक्षिक गुणस्तरमा सुधार गर्न आवश्यक देखिएकाले विद्यालयमा सबै बालबालिकाहरुका लागि अनुकूल हुने गरी खानेपानी, सरसफाइ तथा महिनावारी स्वच्छताका सूचक एवम्मापदण्ड तयार गर्ने, तयार गरिएको मापदण्ड कार्यान्वयनका लागि विधि, प्रक्रिया र पध्दतिका विषयमा सहजीकरण गर्ने, विद्यालयमा स्वच्छ खानेपानीको व्यवस्थापन, सरसफाइका सुविधा र महिनावारी स्वच्छता वातावरण तयार गर्नका लागि उपलब्ध स्रोत साधनको उपयोगमा विभिन्न निकायहरुको भूमिका पहिचान लागि प्लान इन्टरनेशनल नेपाल, भेरि वातावरणिय बिशिष्टता समुह बि. ग्रुपको आर्थिक साझेदारि र परियोजना संचालन भएका ठाकुरबाबा नगरपालीका, बारबर्दिया नगरपालीका, मधुवन नगरपालीका र गेरुवा गाउपालीकामा रहेका २३ वटा बिद्यालयका प्रधानाध्यापकहरुका लागी खानेपानी सरसफाई र महिनावारी स्वच्छता सम्बन्धी कार्यशाला ठाकुरद्दारामा वालमैत्री लैगिक मैत्री र अपागंता मैत्री शैक्षिक बातावरण निर्माणका लागी पालीका स्तरको कार्ययोजनासहित असोज २९ देखि संचालन भएको ३० गते सम्पन्न भएको छ ।बिगत २ बर्षदेखि बर्दिया जिल्लाको बारबर्दिया नगरपालीका, मधुवन नगरपालीका, ठाकुरबाबा नगरपालीका, र गेरुवा गाउपालीकामा प्लान इन्टरनेशनल नेपाल, भेरी बातावरणीय बिशिष्टता समुह (बि-ग्रुप) को साझेदारि तथा परियोजना संचालन भएका स्थानिय तह संगको समन्वयमा बालविवाह न्युनिकरण परियोजना मार्फत बालिकाहरुको गुणस्तिरिय शिक्षा,वालविवाह जोखिम हुन नदिनका लागी आयआर्जनमा सहयोग, संरक्षण, र बिद्यालय स्तरमा प्रजनन स्वास्थ्य अधिकारका बिषयमा सस्थाले प्ररवी गर्द आइरहेको फिल्ड सुपरभाइजर बिमला रावतले बताउनुभयो ।

Previous articleनवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिंदै
Next articleएसिसी यू-१९ प्रिमियर कपमा नेपाल सेमिफाइनलमा प्रवेश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here