बर्दियाको गेरुवामा पहिलो पटक रक्तदान

नेपालगञ्ज । बर्दियाको गेरुवामा ८० जनाले पहिलो पटक रक्तदान गरेका छन् । गेरुवामा सामाजिक क्षेत्रमा सक्रिय २० वटा संघ/संस्थाहरुले आयोजनामा गरेको “रक्तदान जीवनदान” कार्यक्रममा ८० जना सहभागि भएका हुन ।

गेरुवा गाउँपालिका वडा नं-३ शान्तिबजारमा भएको वृहत कार्यक्रममा गेरुवा गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त संचार सेवा केन्द्र नेपालगञ्जका रामभक्त लम्साल, नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका अध्यक्ष तथा केन्द्रीय सदस्य प्रेम प्रसाद लम्सालले प्राविधिक होमराज गिरीलाई र बिकास पे्रमी युवा समूह गेरुवाका अध्यक्ष प्रकाश नेपालले प्राविधिक सुनिल रत्गैयालाई संयुक्त रुपमा रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरीे कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

पहिलो पटक आयोजित रक्तदान तथा साँस्कृतिक कार्यक्रममा रक्तदाता समाजका केन्द्रीय सदस्य लम्साल ६६ औं पटक, समाज बाँकेका सल्लाहकार तथा वरिष्ठ रक्तदाता पवन जायसवालले ९७ पटक रक्तदान गर्नुभएको छ । कार्यक्रममा युवा समूह गेरुवाका अध्यक्ष नेपाल, सक्रिय युवा सञ्जाल गेरुवाका अध्यक्ष निश्चल न्यौपाने, सागर कुमार थारु, जीवन कुमार चौधरीे २२ औं पटक रक्तदान गर्नुभएको छ ।

युवा सञ्जाल गेरुवाका अध्यक्ष न्यौपानेद्वारा सञ्चालित कार्यक्रम बिकासपे्रमी युवा समूह गेरुवाका अध्यक्ष नेपालको अध्यक्षतमा सम्पन्न कार्यक्रममा गेरुवा गाउँपालिका अध्यक्ष जमान सिंह केसी, उपाध्यक्ष चौधरी, पालिकाका वडाध्यक्षहरुको सक्रिय सहभागितामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको नृत्य तथा गीत प्रस्तुति रहेको थियो ।

बर्दिया जिल्लाका चर्चित कलाकार विभिन्न भाषामा फिल्म बनाएका खगेन्द्र नेपालको हुडके नाँच, लोक तथा दोहरी गायिका चन्दा पोखरेल, नरेन्द्र सोनहा, राजेश बिश्वकर्मा, गेरुवा जनकनगरका सामुदायिक होमस्टेका कलाकारहरुले थारु समुदायका लाठी नृत्य, तामाङ्ग समुदायका नृत्य तथा गीत प्रस्तुतीका साथ दर्शकहरुलाई मनोरञ्न गराउनुभएको थियो ।

रक्तदाता समाज बाँकेका सल्लाहकार तथा वरिष्ठ रक्तदाता जायसवालले ९७ औं पटक रक्तदान गरेकोमा उक्त कार्यक्रममा गेरुवा गाउँपालिका अध्यक्ष सिंह केसी, उपाध्यक्ष चौधरीले संयुक्त रुपमा प्रमाण-पत्र प्रदान गर्नु भएको थियो ।

Previous articleपत्थरी लगायत जटिल प्रकृतिको लेजर शल्यक्रिया अब नेपालगन्जमै हुने
Next articleआज महानवमी पर्व : नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here