बाँकेमा शान्तिपूर्वक दुर्गा भगवतीकाे मुर्ति बिसर्जन (फाेटाेफिचर)

नेपालगन्ज । बाँकेमा शान्तिपूर्वक दुर्गा भगवतीकाे मुर्ति बिसर्जन गरिएकाे छ । जिल्लाका विभिन्न स्थानहरूमा राखिएको दुर्गा भवानीकाे मुर्ति बुधबार स्थानीय राप्ती नदी लगायतका स्थानहरूमा बिसर्जन गरिएको हाे ।

नेपालगन्ज उपमहानगरपालिका, काेहलपुर नगरपालिका, नरैनापुर, बैजनाथ, खजुरा, जानकी र राप्ती साेनारीका गाउँपालिकाका विभिन्न स्थानमा राखिएकाे दुर्गा भगवतीकाे मुर्ति पायक पर्ने नदी तथा नालामा बिसर्जन गरिएको छ ।

नेपालगन्ज, डुडुवा र जानकीमा राखिएको मुर्ति डुडुवा वडा न-५ स्थित सिधनिया घाट, राप्ती घाट तथा सन्तलियामा बिसर्जन गरिएको छ । यस्तै काेहलपुर र राप्ती साेनारीमा राखिएको मुर्ति अगैयामा बिसर्जन गरिएको हाे भने खजुरा र बैजनाथका मुर्ति मानखाेलामा बिसर्जन गरिएकाे छ । त्यसैगरी नरैनापुरका मुर्ति पनि राप्ती नदीमा बिसर्जन गरिएको छ ।

मुर्ति बिसर्जन शान्तिपूर्ण सम्पन्न भएकाे बाँके प्रशासनले जनाएको छ । विभिन्न तह, तप्काका व्यक्तिसँगकाे समन्वय सहकार्यमा नेपालगन्जमा शान्ति व्यवस्था चुस्तदुरूस्त बनाईएकाे थियाे । बिसर्जन गर्ने स्थानमा कुनै समस्या हुन नदिनका लागि लाईफ ज्याकेट, रबरबाेट र गाेताखाेरकाे टाेली स्ट्यान्डबाई राखिएको थियाे ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता नारायण डाँगीका अनुसार मुर्ति बिसर्जन शान्तिपूर्ण सम्पन्न भएकाे छ । बिसर्जनका बेला कुनै प्रकारकाे दुर्घटना हुन नदिनका लागि प्रशासनले नेपालगन्जका साथै सबै क्षेत्रमा सादा पाेशाकमा, अनुसन्धानका तथा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेेकाे थियाे ।

जिल्लामा याे पटक करिव चार सयकाे हाराहारीमा मुर्ति राखिएको थियाे । घटस्थापनाका दिन बिधिबिधानपुर्वक राखिने दुर्गा भगवतीकाे मुर्ति बिजया दशमीकाे टिकाकाे भाेलिपल्ट स्थानीय नदीमा बिसर्जन गर्ने परम्परा रहेकाे छ ।

Previous article९३ प्रतिशत किसान सरकारी अनुदानकाे पहुँच बाहिरै
Next articleकिभा फाउन्डेसनद्वारा चार हजार बढीलाई ‘प्रसाद’ बितरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here