
नेपालगन्ज । बाँकेको नेपालगञ्ज हुदैँ राप्ती पथमा पर्ने डुडुवा गाँउपालिका वडा नं-४ स्थित साहपुर्वामा किभा फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा ४ हजार बढीले प्रसाद ग्रहण गरेका छन ।
फाउन्डेसनले संस्थाको शुरुवात दुर्गा माताको प्रसाद वितरण अर्थात भण्डाराबाट गरेको छ । नेपालगञ्ज-२१ मा स्थापना भएको फाउन्डेसनले पहिलो पटक भण्डारा कार्यक्रम गरेको हो ।
बडा दशैंको घटस्थापनाको दशौ दिनसम्म दुर्गा मुर्तीको पूजाअराधना गर्ने र ११ औं दिनमा मुर्ती विसर्जन गर्ने धार्मिक परम्परा सदियौं देखि चलिआएको छ । विसर्जनको अवसरमा आज साहपुर्वा चोकमा भण्डाराको आयोजना गरेको हो ।
‘नारीः शक्ति समृद्धिको मार्गदर्शिका’ भन्ने मुलमन्त्रका साथ चालुआर्थिक वर्षको साउन देखि सञ्चालनमा आएको यस फाउन्डेसनले बजार क्षेत्रभन्दा बाहिर सार्वजनिक रुपमा कार्यक्रम आयोजना गरेर अभियानको शुरुवात गरेको संस्थापक अध्यक्ष संगिता पाठक (सन्ध्या शर्मा)ले जानकारी दिनुभयाे ।
उहाँले भन्नुभयाे, ‘संस्थाको उद्देश्य बारे धेरै विषयवस्तु फाउन्डेसनको नाराबाटै थाहा पाईन्छ । यस संस्थाले मुख्य रुपमा महिला र उनीहरुको जिवनस्तर उकास्न विभिन्न गतिविधिहरु अभियानका रुपमा चाल्ने लक्ष्य लिएको छ ।’
यस्तै, महासचिव अजय पाठकले बजार क्षेत्र भन्दा बाहिर कार्यक्रम आयोजना गरेर अझै प्रभावकारी भएको बताउनुभयाे । उहाँले किभा परिवारले सोचेको भन्दा धेरै प्रभावकारी रुपमा कार्यक्रम सम्पन्न भएको जिकिर गर्नुभयाे । उहाँका अनुसार ४ हजार बढी व्यक्तीहरुले प्रसाद ग्रहण गरेेका छन् ।
यस्तै, फाउन्डेसनका कोषाध्यक्ष रामदिन मोदीले अहिले संस्थाको शुरुवात भएपनि आगामी दिनहरुमा फाउन्डेसनमार्फत विभिन्न कार्यक्रमहरु आयोजना गरी रहने साथै महिलाहरुको हक हित र सशक्तीकरणका लागि अभियानका रुपमा अगाडि बढ्ने बतााउनुुभयाे ।
यस कार्यक्रममा नाईल खबर डट कम, मेरो होस्टिङ्ग, लिओ कलब अफ काठमाडौँ गुलमोहर, लिमरा खबर र ई श्रद्धा न्यूजको सहकार्य रहेको थियो । महासचिव पाठकले कार्यक्रमलाई भब्य रुपमा सम्पन्न गर्न सहयोग पुर्याउने सम्पूर्ण सहयाेगी मनहरुलाई हार्दिक आभार ब्यक्त गर्दै धन्यवाद दिनुभयाे ।
हालै मात्र स्थापित फाउन्डेसनकाे सञ्चालक समिति अध्यक्षमा नाईल खबरकर्मी संगिता पाठक (सन्ध्या), उपाध्यक्षमा ई-श्रद्धा न्यूजका सञ्चालक शिवम गुप्ता, कोषाध्यक्षमा श्री एस ईन्टरनेसनल प्रा.लि.का सञ्चालक रामदिन मोदी, महासचिवमा नाईल खबरका सञ्चालक अजय पाठक र सदस्यमा वर्मा एण्ड एसोसिएट्सका राजकुमार लोध रहनुभएकाे छ ।
फाउन्डेसनले असोज १५ गते देखि आजिवन सदस्य र साधारण सदस्यका लागि फारम खुला गरेको छ । देशको जुनसुकै स्थानबाट नेपाली नागरिकले सदस्यता लिन सक्ने छन् ।
फाउन्डेसनले सामाजिक उक्तरदायित्वलाई मध्यनजर गर्दै माहिलाहरुको लागि विशेष काम गर्ने, आर्थिक रुपमा कमजाेर वा असाहाय परिवारका बालिकाहरुलाई शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने, विवाहमा आर्थिक सहयोगका साथै अतिविपन्न परिवारका बालिकाहरुको सामाजिक, रितीरिवाज तथा धार्मिक परम्परा अनुसार सामुहिक रुपमा विवाहको आयोजना गर्ने मुख्य उद्देश्य रहेको महासचिव पाठकले जानकारी दिनुभयाे ।





