नेपालगञ्जको वडास्तरमा तोकिए कोरोना फोकल पर्सन

बाँके । नेपालगञ्जमा कोरोना संक्रमित व्यक्तिहरुलाई होम आइशोलेसनमा बस्न तथा आइशोलेसनमा बस्नका लागि समन्वय गर्न वडास्तरमा कोरोना फोकल पर्सन तोकिएको छ । नेपालगन्ज उपमहानगरपालिका भित्र कोरोना संक्रमण पुष्टि भइ होम आइशोलेसनमा बस्न चाहने वा बिभिन्न स्थानमा निर्माण गरिएको आइशोलेसनमा बस्न समन्वय गर्नका लागि वडास्तरमा फोकल पर्सन तोकिएको हो ।

सरकारको पछिल्लो निर्णयले कोरोना संक्रमण पुष्टि भएका व्यक्तिहरु होम आइशोलेसनमा समेत बस्न सक्ने मापदण्ड बनाएको छ । यस अनुसार जिल्लामा पनि होम आइशोलेसनमा बस्नेहरुको संख्या धेरै छ । यसरी होम आइशोलेशनमा बस्दा वडास्तरीय कोरोना फोकल पर्सनसंग समन्वय गरेर बस्न सजिलो बनाउन र आइशोलेशनमा बस्नका लागि वडास्तरमै यस्तो व्यवस्था गरिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका हेल्थ असिस्टेण्ट तेज बहादुर वलीले जानकारी दिनुभयो ।

Previous articleशाहको संयोजकत्वमा कोभिड अनुगमन समिति गठन
Next articleकोहलपुरमा उपचाररत थप एक व्यक्तिको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here