कोहलपुरमा उपचाररत थप एक व्यक्तिको मृत्यु

प्रतिकात्मक तस्बिर

बाँके । जिल्लामा थप एक कोरोना संक्रमण भएका व्यक्तिको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार कञ्चनपुरको बेलाडी वडा नं–५ का २४ वर्षीय पुरुषको मंगलबार साँझ साढे सात बजे मृत्यु भएको हो ।

नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएका ति पुरुषमा मानसिक समस्या रहेको र सोही समस्या लिएर गत असोज ३० गते दिउँसो अस्पतालमा उपचारका लागि आएका थिए । कार्तिक ३ गते स्वाब संकलन गरी परीक्षण गर्दा उनमा कोरोना संक्रमण समेत पुष्टि भएको थियो । सो पश्चात उनलाई कोरोना युनिटमा भर्ना गरिएको थियो ।

पाँच महिना अघिदेखि ती व्यक्तिमा मानसिक समस्या रहेको र ६ दिन अगाडी आत्महत्या गर्ने प्रयास गरेका थिए । यो संगै जिल्लामा उपचारका क्रममा आएका र मृत्यु हुनेको १५ पुगेको फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभयो ।

Previous articleनेपालगञ्जको वडास्तरमा तोकिए कोरोना फोकल पर्सन
Next articleहेल्थ असिस्टेण्ट बर्नवाललाई कोरोना पुष्टि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here