डिजेल र मट्टीतेलको मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगम व्यवस्थापन समितिको बैठकले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाउने निर्णय गरेको हो ।

घटेको मूल्य बुधबार बिहान १ बजेदेखि लागु हुने निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढेर आए पनि हाललाई यथावत् राखिएको निगमले जनाएको छ ।

Previous article´मुख्यमन्त्री कोहलपुर गोल्डकप खेलकुद` प्रतियोगिता स्थलकाे सुरक्षा अवस्था अनुगमन
Next articleमन्त्रालयसहित सरकारी कार्यालयहरुको बिद्युत लाइन काटिदैं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here