
काेहलपुर । कोहलपुर नगरपालिका वडा न-२ स्थित तेह्र विगाह मैदानमा सञ्चालन हुन लागेको ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप खेलकुद प्रतियोगिता-२०८०’ को बाँकेका सिडियो र एसपीले अनुगमन गर्नुएभएको छ ।
सोमबार प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेल र बाँकेका प्रहरी प्रमुख सुवास चन्द्र बोहराले बालबालिका, अपाङ्ग, महिला, बृद्धबृद्धा तथा अशक्त व्यक्तिहरुको सुरक्षा र प्याराफिटमा बसाई व्यवस्थापन प्रभावकारी रुपमा मिलाउन अनुगमन गर्नुएभएको हो ।
अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी पोख्रेलले भन्नुभयो, ‘खेलप्रेमीहरुलाई सुरक्षाको व्यवस्थापन मजबुद हुनुपर्छ’ त्यसको लागि जिल्ला प्रशासन कार्यालयबाट पूर्ण रुपमा सहयोग हुन्छ ।’ त्यसको लागि आवश्यक जनशक्ति क्लबको माग भए बमोजिम सहयोग हुने बताउनुभयो ।
यस्तै कोहलपुर रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले पहिलो पटक गोल्ड कप हुँदा खेलप्रेमीहरुको बसाई व्यवस्थापन मिलाउन निकै समस्या भएकोले यस पटक व्यवस्थापनलाई प्रभावकारी बनाउन यहाँहरुको सहयोगको अपेक्षा रहेको बताउनुभयो ।
अनुगमनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य एलवी क्षेत्री, खेल संयोजक राम बहादुर मल्ल, कोच जनक केसी, कोहलपुर वडा नं-२ का वडा अध्यक्ष हरी कठायत लगायत क्लबका पदाअधिकारीहरुको सहभागिता रहेको थियो ।
प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफ.सि.सहित नेपालका ए डिभिजनका ७ क्लबहरु सहभागिता रहने छन् ।
जसमा चर्च व्वाईज यूनाईटेड काठमाण्डौं, गोर्खा व्वाईज स्पोर्टस क्लब बुटवल, सुदुरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौं, कोहलपुर रेसिङ्ग साहारा क्लब कोहलपुर, वि.एफ.सी. चितवन क्लब चितवन, एभिनियर एफ.सि. क्यामरुन र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी आठ टिम सहभागि हुने छन् ।
प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख रुपैया र दोस्रो पुरस्कार ४ लाख सहित ट्रफि रहेको छ ।





