
हरि अधिकारी, खजुरा । बाँकेको खजुरा गाउँपालिकामा अबैध रुपमा ल्याइएका सुर्तीजन्य पदार्थहरुको अनुगमन गर्दा एकै दिनमा ३० हजार बराबरको सुर्तीजन्य बस्तु बरामद गरि नष्ट गरिएको छ ।
ईलाका प्रहरी कार्यालय धनाैलीका प्रहरी निरीक्षक अशोक मल्लको नेतृत्वमा खटेको टोलीले बुद्वबार एकै दिन खजुराका विभिन्न पसलमा अनुगमन गर्ने क्रममा १० प्रकारका सुर्तीजन्य पदार्थ बरामद गरि नष्ट गरिएको हो ।
खजुराको मुख्य बजार मानिने खजुरा बजारमा अबैध रुपमा बिक्री वितरण बढन थालेको र माथिको आदेश अनुसार बजारको अनुगमन गर्दा उक्त समान प्राय जसो किराना पसलबाट समान बरामद गरिएको प्रहरी निरीक्षक मल्लले जानकारी दिनुभयाे ।
खजुरा बजारमा सुर्तीजन्य बस्तु बस्तु बरामद पश्चात वडा न-३ का वडा अध्यक्ष पुर्ण भण्डारी बजार संरक्षण समितिका अध्यक्ष प्रेम बुढाथाेकी लगायको उपस्थितिमा उक्त बस्तु ईलाका प्रहरी परिसरमा नष्ट गरिएको छ ।
खुल्ला सीमाका कारण बिना भन्सारका सामानहरूकाे ओसारपसार तथा बिक्रीवितरण बढेकाेले कडाइ गरि प्रहरीले बताएको छ ।





