नेपालगञ्जस्थित शमशान भूमि: जिर्ण संरचनाको मर्मत तथा सरसफाई

नेपालगञ्ज । नेपालगञ्जमा रहेको एक मात्र हिन्दु शमशान भूमिमा रहेको संरचनाको मर्मत गरिएको छ । नेपालगञ्ज वडा नं-८ स्थित सो शमशान भूमि परिसरमा रहेको संरचनाहरुको वडा नं-८ ले मर्मत गरेको हो ।

वडाअध्यक्ष रजनिश बाजपेयीले लामो समयदेखि मर्मत नभएको र मर्मत गर्नुपर्ने जिर्ण संरचनाहरुको मर्मत गरिएको जानकारी दिनुभयो । शमशान भूमि परिसरमा रहेको शव जलाउने ट्रसको मर्मत, सरसफाई तथा रंगरोगन भएको छ ।

भूमि परिसरमा झार तथा रुख बिरुवाहरु उम्रिएर शव दहन गर्न समस्या हुँदै आएको थियो । मर्मत सम्भार अन्तर्गत गेटको रंगरोगन, भित्रको सरसफाई, ट्रसको बिग्रिएका जस्तापाताको परिवर्तन लगायतका कार्य गरिएको वडाअध्यक्ष बाजपेयीले बताउनुभयो ।

हिन्दूहरुको शव गाड्ने तथा जलाउने स्थानका रुपमा नेपालगञ्जमा यही एक मात्र शमशान भूमि रहेको छ । हिन्दू समुदायका व्यक्तिहरुको मृत्यु पछि यो शमशान भूमि तथा डुडुवा गाउँपालिका वडा नं ५ स्थित सिधनिया घाटमा लगेर अन्तिम संस्कार गर्ने गरिन्छ ।

Previous articleखजुरामा बजार अनुगमन, ३० हजारकाे सुर्तीजन्य बस्तु नष्ट गरियाे
Next articleएमाले बाँकेले चियापान गर्दै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here