नेपालगञ्जमा जुवा खेल्दै गरेका दश जना पक्राउ

file photo

नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्जमा भइरहेको जुवा खालबाट दश जनालाई पक्राउ गरेको छ ।

प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं-२ का ३२ वर्षीय रमेश साहुको घरमा जुवातास खेलिरहेको अवस्थामा दश जना पक्राउ गरेको हो । उनीहरुलाई प्रहरीले बुधबार राति पक्राउ गरेको जनाएको छ ।

वडा प्रहरी कार्यालय नेपालञ्जबाट खटिएको प्रहरी टोलीले उनीहरूबाट ८० हजार सय २० रुपैया नेपाली र ५ हजार ८ सय ८० भारतीय गरी नगद ८९ हजार ६ सय २८ रूपैयाँ र ३ प्याकेट ताससमेत बरामद गरेको छ ।

घट्नाबारे थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।

Previous articleसरकारी कार्यालय आजदेखि अपरान्ह ४ बजे बन्द हुने
Next articleगौवध मुद्दामा फरार पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here