गौवध मुद्दामा फरार पक्राउ

नेपालगञ्ज । बाँके प्रहरीले गौवध मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार गौवध मुद्दामा फरार नेपालगञ्ज उपमहानगरपालिका वडा नं-१६ का ओलीउद्दिन जोलाहलाई पक्राउ गरेको हो ।

जोलाह हाल नेपालगञ्ज वडा नं-१७ स्थित थुकैला बस्दै आएका थिए । उनलाई जिल्ला अदालत बाँकेले २०७९ चैत्र २ गतेको फैसलाले पाँच महिना ८ दिन कैद सजाय सुनाएको थियो ।

प्रहरीका अनुसार ५२ वर्षीय जोलाह हालसम्म फरार रहेका थिए, भने यही १६ गते बुधबार पक्राउ गरि अदालत उपस्थित गराइएको छ ।

Previous articleनेपालगञ्जमा जुवा खेल्दै गरेका दश जना पक्राउ
Next articleयोगराज ढकाल (रिगल) को कैद मिनाहा बदर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here