हेल्थ असिस्टेण्ट बर्नवाललाई कोरोना पुष्टि

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाका हेल्थ असिस्टेण्ट राजबिर बर्नवाललाई कोरोना पुष्टि भएको छ । मंगलबार साँझ भेरी अस्पतालको प्रयोगशालाको परीक्षणबाट बर्नवालमा कोरोना संक्रमण रहेको पुष्टि भएको हो ।

कोरोनाको कहर शुरु भएदेखि बिभिन्न ठाउँमा बर्नवालले जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । पछिल्लो समय होटल सिटी प्यालेसमा बनाइएको आइशोलेसन सेन्टरको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

यसअघि उहाँले नेपालगञ्जमा बनाइएको हेल्थ डेस्क, नेपालगञ्ज क्वारेन्टिनको व्यवस्थापनमा समेत सक्रिय रहनुभएका हेल्थ असिस्टेण्ट बर्नवाल नेपालगञ्ज वडा न–१३ मा होम आइशोलेसनको फोकल पर्सनको नेतृत्व लिनुभएको थियो ।

कोरोना पुष्टि भएपनि उहाँमा हालसम्म कुनै प्रकारको शारीरीक समस्या देखिएको छैन । सिटी प्यालेस आइशोलेसनमै बस्नुभएका बर्नवालले कोरोना पुष्टि भएपनि आफुले निरन्तर अनलाईनमार्फत आवश्यक सूचना तथा जानकारी प्रदान गरिरहेको बताउनुभयो ।

Previous articleकोहलपुरमा उपचाररत थप एक व्यक्तिको मृत्यु
Next articleकर्णाली प्रदेशले लक्षण सहित बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here