बक्यौता असुल अभियान : बाँकेका आठ सरकारी कार्यालयकाे बिद्युत लाइन काटियाे

नेपालगन्ज । बिद्युतकाे महसुल नतिरेका बाँकेका ८ सरकारी निकायको विद्युत लाइन काटिएको छ ।

नेपालगन्ज वितरण केन्द्रले बक्यौता असुली अभियान अन्तर्गत महसुल नतिरेका बाँकेका ८ सरकारी निकायको शुक्रबार विद्युत लाइन काटेकाे हाे ।

पछिल्लो समय नेपाल बिद्युुत प्राधिकरण अन्तर्गत देशका सम्पूर्ण बितरण शाखाहरूले बक्यौता असुल अभियान शुरू गरेका छन् । साे क्रममा ६० दिनभन्दा पनि बिद्युुतकाे महसुल नतिरेका व्यक्ति, संस्था तथा कार्यालयहरूकाे लाइन काटिरहेकाे छ ।

बितरण केन्द्र नेपालगन्जका अनुसार शुक्रबार वडा न-९ स्थित आधारभुत स्वास्थ्य सेवा केन्द्र, जिल्ला हुलाक कार्यालय बाँके, जेसिस बाल संसार, नेपालगन्ज वडा न-१६ काे कार्यालय जयसपुर, जमुनाहा नाकामा रहेकाे हेल्प डेस्क, पशु प्रजनन कार्यालय, क्षेत्रीय मेडिकल स्टोर र नेपालगन्ज वडा न-१० काे कार्यालय बिद्युत लाइन काटिएको छ ।

बाँकेमा हालसम्म दुई हजार बढी उपभोक्ताकाे बिद्युुत लाइन काटिएको बितरण केन्द्रका सहायक कम्प्यूटर अधिकृत राहिल किंघरियाले जानकारी दिनुभयाे । यस क्रममा एक कराेड २० लाख बढी राजश्व असुल भएकाे छ ।

Previous articleमुख्यमन्त्री कोहलपुर गोल्डकप : ३-० ले पराजित गर्दै चर्च व्वाईज फाइनल प्रवेश
Next articleकन्सर्टबाट हुने आम्दानी भुकम्प प्रभावितलाई सहयोग गरिने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here