कन्सर्टबाट हुने आम्दानी भुकम्प प्रभावितलाई सहयोग गरिने

नेपालगञ्ज । नेपालगञ्ज कात्तिक २४ गते हुन लागेको ‘रक अन फेस्टिवल सेलिबे्रर्सन विईथ सुनिल सिंह ठकुरी’ कन्र्सटबाट भएको आम्दानी जाजरकोट र पश्चिम रुकुममा गएको भुकम्पबाट प्रभावित भएका परिवारलाई सहयोग गरिने भएको छ ।

कालपृष्ठ दैनिकले आयोजना गर्न लागेको उक्त कन्र्सटमा पप गायक सुनिल सिंह ठकुरी र स्थानीय कलाकारले आफनो प्रस्तुती राख्ने तयारी गरिरहेका छन् । गायक सुनिलको पहिलो पटक आफनो गृह जिल्लामा एकल कन्र्सट हुन लागेको हो ।

यसअघि उक्त कन्र्सट आयोजनाबाट भएको आम्दानी दृष्टिविहिन बालबालिकालाई सहयोग गर्ने भनिएको थियो । तर शुक्रबार राती गएको भुकम्पबाट जाजरकोट र पश्चिम रुकुममा धेरै मानवीय क्षति भएकोले प्रभावित क्षेत्रका जनताको लागि लागि सहयोग गरिने गायक ठकुरीले बताउनुभयो ।

प्रभावित जिल्लामा गएर जिल्ला प्रशासन कार्यालयको अनुमति र समन्वयमा सहयोग गरिने आयोजक कालपृष्ठ दैनिकका प्रकाशक कमल खत्रीले बताउनुभयो ।

यही कात्र्तिक २४ गते रामलीला मैदान नेपालगञ्जमा हुने कन्र्सटमा स्थानीय म्युजिक ब्यान्ड आवाज द ब्यान्ड, स्थानीय कलाकारको एकल तथा सामुहिक नृत्य लगायतको प्रस्तुती रहनेछन् ।

कार्यक्रमको दिन रामलीलाला मैदानमा फुड स्टल समेत राखिने छ । कालपृष्ठ दैनिकले आयोजना गर्न लागेको कन्र्सटमा स्थानीय कलाकारलाई प्रोत्साहन गर्ने उद्देश्य राखिएको छ ।

कन्र्सटको सोसियल मिडिया पार्टनर नेपालगञ्ज ग्यालरी र इन्टरटेन्मेन्ट पार्टनर चित्रभित्र अनलाईन पोर्टल रहेको छ । कन्र्सट नेपालगञ्ज ग्यालरी मार्फत लाईभ देखाइने छ ।

गायक तथा संगीतकार समेत रहनुभएका ठकुरीले दुई दर्जनभन्दा बढी गीत सार्वजनिक भएका छन् । हाल उहाँ जापानमा बस्दै आउनुभएको छ । पहिलो एल्बम ‘क्रेजी ह्याट’ मार्फत उहाँले गायन क्षेत्रमा डेब्यु गर्नुभएको थियो ।

ठकुरीको पहिलो एल्बममा रहेको ‘भुली भुली देउ’ गीत १० औं इमेज अर्वाडको नयाँ गायक विधाको मनोनयनमा पर्न सफल भएको थियो । ठकुरीले गाएको गीतमध्ये ‘घटना घट्यो’, ‘जनता जान्न चाहन्छन’, ‘१४ अञ्चल’, ‘म मान्छे बिन्दास’, ‘बेबी सुन न’ चर्चित बनेका थिए ।

उहाँले जापानमा गाएको ‘नागोया नागोया आउन बेबी नागोया’ चर्चित बनेको थियो । उक्त गीतमार्फत जापानको धार्मिक, सांस्कृतिक र सामाजिक पक्षको प्रचार प्रसारमा योगदान पुर्याएको भन्दैं जापान सरकार र जापानी सरकारी टेलिभिजन एन एच केले ठकुरीलाई नगद सहित पुरस्कृत गरेको थियो ।

Previous articleबक्यौता असुल अभियान : बाँकेका आठ सरकारी कार्यालयकाे बिद्युत लाइन काटियाे
Next articleमुख्यमन्त्री कोहलपुर गोल्डकप : त्रिभुवन आर्मी विजयी शुरुवात

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here