
नेपालगञ्ज । नेपाल आदिवासी जनजाति महासघं नेपालगञ्ज नगर समन्वय समिति सर्वसम्मत गठन भएको छ । आदिवासी र जनजातिको हकअधिकार, भाषा तथा संस्कृतिको जर्गेणा गर्ने उद्धेश्यले नगरस्तरीय समिति गठन गरिएको हो ।
नवगठित समितिको अध्यक्ष पदमा भुमण्डल प्रकाश श्रेष्ठ चयन हुनुभएको छ । वरिष्ठ उपाध्यक्षमा अमृता राना दर्लामी, उपाध्यक्षमा चिनीमाया लामा, कमल गुरुङ, श्यामती चौधरी, सेकानमान पति, नवलसिहं चुहान मगर, लाक्पा शेर्पा चयन हुनुभएको छ ।
एक उपाध्यक्ष पछि चयन गरिने बताइएको छ भने महासचिवमा अम्बर बहादुर बुढा मगर, उपमहासचिवमा पासाङ शेर्पा चयन हुनुभएको छ । सचिवहरुमा सोम गुरुङ, गणेश लामा, डोमा शेर्पा, लिशार दर्लामी चयन हुनुभयो ।
यस्तै चार सचिव पछि कार्य समितिले चयन गर्नेछ । विभिन्न जातीय संस्थाबाट पदहरु समावेशीताको आधारमा चयन गरिनेछ । कोषाध्यक्षमा भने लाल बहादुर थापा मगर र सह–कोषाध्यक्षमा पन्चमाया तामाङ चयन हुनुभयो ।
नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद, बाँकेका अध्यक्ष डम्बर थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघ बाँकेका अध्यक्ष भुपेन्द्र पुन मगरले जानकारी दिनुभयो ।





