भूकम्प प्रभावित क्षेत्रका पाँच सय परिवारलाई गैर खाद्य सामाग्री बितरण

नेपालगन्ज । प्लान इन्टरनेशनल नेपालले जाजरकोट र पश्चिम रुकुम जिल्लाका भूकम्प प्रभावित ५०० परिवारमा गैर खाद्य सामग्री वितरण गरेको छ ।

भूकम्पका कारण प्रभावित परिवारहरुलाई प्लान इन्टरनेशनल नेपालले तात्काल सहयोग पुरयाएको छ । गत शुक्रबार, नोभेम्बर ३ मा गएको ६.४ रेक्टर स्केलको भूकम्पले सयौं परिवारलाई विस्थापित गरेको छ र धेरैलाई तत्काल सहयोगको आवश्यकता परेको छ ।

विपद् प्रभावित बालबालिकाहरू र उनीहरूका परिवारको जीवन सुरक्षा मा सहयोग गर्नका लागि प्लान इन्टरनेशनल नेपालले ५०० परिवारमा तात्काल गैर खाद्य सामग्रीहरू वितरण गरेकाे छ ।

साथै जाजरकोटकाे नालगड नगरपालिकामा १०० शिशुहरूका लागि बाल किट (नवजात शिशुका लागि तातो लुगा) पनि समावेश छ । प्लान नेपालले प्रभावित क्षेत्रमा आफ्नो आपतकालीन प्रतिकार्य समूहका सदस्यहरूलाई पठाई स्थानीय सरकारसँगको सहकार्यमा राहत सामग्री वितरण गरेकाे हाे ।

प्लान नेपालको राष्ट्रिय निर्देशक, राम किसन भन्नुहुन्छ्, “हाम्रो मन जाजरकोट र रुकुमका भुकम्प प्रभावित समुदायसँग छ,र हामी ती प्रभावित समुदायलाई सके सम्म धेरै सहयोग गरी जीवनलाई सामान्य अवस्थामा फर्काउन सस्था प्रयासरत छ ।

प्लान नेपालका आपतकालीन प्रतिकार्य समूहका सदस्यहरु स्थानीय सरकार तथा साझेदारी संस्थाहरुसँग समन्वय र सहकार्य गर्दै अस्थायी आवास, सफा खानेपानी, खाद्य, संरक्षण, शिक्षा र स्वास्थ्य सेवा सम्बन्धी थप जानकारी जुटाउँदैछन ।

प्लान नेपालले बालबालिकाहरू र जोखिममा परेका समुदायको सुरक्षालाई प्राथमिकतामा राखेर विपद् पछि उनीहरूको सुरक्षा सुनिश्चित गर्ने कुरामा पनि बिषेश ध्यान दिएको छ ।

Previous articleभेरीमा उपचाररत भूकम्प पीडित बिरामी तथा कुरूवालाई सद्भाव फाउन्डेसनको सहयाेग
Next articleनेपाल आदिवासी जनजाति महासघं नगरस्तरीय समितिको अध्यक्षमा श्रेष्ठ चयन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here