क्रिकेट टिमका तीन खेलाडीलाई सुदूरपश्चिम प्रदेशले १६ लाख दिने

नेपालगञ्ज । सुदूरपश्चिम प्रदेश सरकारले तीन खेलाडीलाई १६ लाख दिने भएको छ । प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय क्रिकेटर तीन जनालाई सम्मान स्वरूप १६ लाख दिने घोषणा गर्नुभएको हो ।

मुख्यमन्त्री शाहको निजी सचिवालयका रामबहादुर बिष्टका अनुसार एसियाली खेलकुदमा विश्व रेकर्ड बनाउनुभएका कञ्चनपुरका दीपेन्द्रसिंह ऐरीलाई ६ लाख रुपैयाँ दिने घोषणा मुख्यमन्त्रीले गर्नुभएको हो ।

यस्तै नेपाललाई टी-२० विश्व कपमा पुर्‍याउन योगदान दिलाउने कञ्चनपुर घर भएका खेलाडीहरू विनोद भण्डारी र सन्दीप जोरालाई पाँच/पाँच लाख रुपैयाँ सम्मान स्वरूप प्रदान गर्ने मुख्यमन्त्रीले घोषणा गरेको मुख्यमन्त्रीको निजि सचिवालयले जनाएको हो ।

मुख्यमन्त्रीको घोषणासँगै अव प्रदेश सरकारले निर्णय गरेर सो रकम खेलाडीलाई चाँडै वितरण गरिने मुख्यमन्त्रीको निजी सचिवालयका विष्टले बताउनुभयो ।

Previous articleनेपालगञ्जको घरवारीटोलस्थित सौगात इलेक्ट्रोनिक पसलमा आगलागी
Next articleनेपालगञ्ज कन्क्लेभः विचार मन्थनको थलो, म्याराथनको बौद्धिक ‘वार्मअप’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here