नेपालगन्जमा चाेरी भएकाे माेटरसाइकलसहित एक जना पक्राउ

नेपालगन्ज । नेपालगन्जमा दिनप्रतिदिन माेटरसाइकल चाेरी भईरहेकाे बिषयमा प्रहरीकाे सक्रियता बढेकाे छ ।

पछिल्लो समय नेपालगन्ज तथा आसपास क्षेत्रमा दैनिक माेटरसाइकल चाेरीकाे घट्ना घटिरहेकाे छ । प्रहरीको सक्रियता बढेसंगै एक चाेर प्रहरी फन्दामा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक नारायण डाँगीका अनुसार चाेरीकाे माेटरसाइकल सहित बाँके राप्तीसाेनारी गाउँपालिका वडा नं-६ बस्ने ३० वर्षीय सागर भन्ने राम बहादुर सुनार पक्राउ परेका छन् ।

यही मंसिर ५ गते करिव २२:१५ बजेको समयमा नेपालगन्ज वडा नं-५ जडिबुटी कार्यालय नजिककैबाट भे ६ प २४७७ नम्बरको माेटरसाइकल चोरी भएको भएकाे थियाे ।

चाेरी भएकाे सूचना प्राए लगत्तै खटिएको विशेष प्रहरी टोलीले खोजतलास गर्ने क्रममा चोरी भएको साेही माेटरसाइकल सहित सुनार पक्राउ परेकाे बाँके प्रहरीले जनाएको छ ।

Previous articleराजनीति हाबीका कारण खेलकुदसँग शिक्षा र स्वाथ्य टाढियाे
Next article“म नागरिक मेरो कर्तव्य” अभियान शुरु, नेपालगन्ज बजार व्यवस्थापनमा जोड

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here