नेपालगञ्ज ल्याइएको अबैध ईलेक्ट्रिक स्कुटर र मोबाईल चार्जर बरामद

नेपालगञ्ज । भारतबाट अबैध रुपमा नेपालगञ्ज ल्याइएको मोबाईलको चार्जरसहित एक स्कुटर बाँके प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपालगञ्ज वडा नं-१० स्थित गणेशमान चोकमा अबैध रुपमा भन्सार छलेर नेपालगञ्ज ल्याइएको ईलेक्ट्रिक स्कुटर र मोबाईलको चार्जर सोमबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

बाँके प्रहरीका अनुसार पक्राउ गरिएको सामानको मुल्य अन्दाजी ८० हजार बराबर रहेको र आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

Previous articleबाँकेको जोगागाउँ र गुरुवागाउँमा ऐतिहासिक मेला शुरु
Next article९१ किलो गाँजासहित तीन जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here