९१ किलो गाँजासहित तीन जना पक्राउ

बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिका वडा नम्बर ७ बाट ९१ किलो गाँजासहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा खप्तडछान्ना-७ का ६४ वर्षका खडक खड्का, गोर्खाको अजिरकोट गाँउपालिका-२ का ३८ वर्षका सन्तोस गुरुङ र पर्साको सुकौली पटौली गाउँपालिका-९ लक्ष्मीपुरका ५५ वर्षका रामबहादुर गुरुङ रहेका प्रहरीले जनाएको छ ।

खप्तडछान्ना-७ को गोर्खाली गाउँबाट गाँजाको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा आज सोमबार खडकबहादुर बोहराको घरमा खानतलासी गर्दा गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) भरतबहादुर शाहले बताउनुभयो ।

पक्राउ परेका तीनै जनालाई प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।

Previous articleनेपालगञ्ज ल्याइएको अबैध ईलेक्ट्रिक स्कुटर र मोबाईल चार्जर बरामद
Next articleलुम्बिनीका अस्पताल बिकास समितिमा नियुक्ती प्रक्रियाबिरुद्ध सर्वोच्चमा रिट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here