
नेपालगञ्ज । नेपालगञ्ज उद्योग वाणिज्य संघको नेतृत्वमा विवाद बढ्दै गएको छ । संघका अध्यक्ष टंक बहादुर धामी र कोषाध्यक्ष मख्खन बहादुर धामी खेमाबीच विवाद बढ्दै गएको हो । अध्यक्ष धामीले आफुखुसी निर्णयहरु गर्दै गएको भन्दै कोषाध्यक्ष लगायतको समूहले बिरोध जनाउँदै आएको छ ।
संघको नेतृत्वले कसैलाई काखा, कसैलाई पाखा नगरेर संघको बिधि बिधान अनुसार चल्नुपर्नेमा त्यसो नगरेको कोषाध्यक्ष धामी नेतृत्वको आरोप छ । संघको बैठकमा नेतृत्व पक्षको अनुपस्थित भएपछि असन्तुष्ट पक्ष बुधबार बैठक बसेर बिभिन्न निर्णय गरेको छ ।
संघको बिधान अनुसार ७ दिन अगावै बैठक बस्ने भनेर सूचना जारी गरिँदा समेत बैठकमा अनुपस्थित भएपछि बिधानको धारा २८ (६) अनुसार उपमहासचिव टेक बहादुर खड्काको अध्यक्षमा केही निर्णय गरेको जनाएको छ ।
बैठकले अध्यक्ष लगायतको पदाधिकारीले कुनैपनि निर्णय गर्दा आफुहरुलाई जानकारी नहुने कुराको बिरोध गर्दै देखिएको व्यथितिका बिरुद्ध अगाडी बढ्दै महासचिव पदमा भएको मतदानको सम्पूर्ण मतगणना नभएको कार्यलार्य पूर्ण गर्ने निर्णय गरेको छ ।
महासचिव पदको मतगणना नहुँदै गरिएको घोषण कार्यलाई बिधिबिधान अनुसार बनाउन सो पदका लागि अन्य मतपेटिकामा रहेको मतपत्रको मतगणना गर्ने निर्णय गरेको छ ।महासचिव पदका उम्मेदवार टंक प्रसाद शर्माले पुनः मतगणनाका लागि बिभिन्न मितिमा संघ लगायत बिभिन्न ठाउँमा दिएको निवेदनलाई नेतृत्वले वेवास्ता गरिरहेकोले सो निवेदनमा पुर्न बिचार गर्नुपर्ने देखिएको उल्लेख गरेको छ ।
उम्मेदवार शर्माले सो पदको पुनःमतगणा गरी पाउँ भनि जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदन हालसम्म पनि बिचारधिन रहेको र उच्च अदालत तुल्सीपुर नेपालगञ्जको इजलासको मिति २०८० असोज १५ को आदेशबाट पनि सो बिषयमा प्रशासनबाट टुंगो लगाउनुपर्ने आसय देखिएको हुँदा अदालतको आदेश समेतका आधारमा प्राप्त खामबन्दी गरी राखिएका मतपत्र मतगणना गर्न व्यवस्था मिलाई सोही कार्यालयबाट निस्पक्ष रुपमा खामबन्दी गरिएका मतसमेतको यही मंसिर २० गते पुनः मतगणना गर्ने निर्णय गरेको छ ।
बैठकले मतगणनाका लागि एक जना अधिकृतको संयोजकत्वमा ३ सदस्यीय टोली गठन गरी दिन बाँके प्रशासनमा लेखि पठाउने र शान्ति सुरक्षाको लागि बाँके प्रहरीलाई अनुरोध गर्नुका साथै पुनः मतगणनाको कार्य सम्पन्न नहुँदासम्मका लागि संघको महासचिवको हैसियत रहेका भिम रानाभाटले कुनै पनि काम गर्न नपाउने र सो पदको काम कारवाही पूर्वमा गरी आउनुभएका संघका उपमहासचिव टेक बहादुर खडकाबाट गराउने निर्णय गरेको छ । 





