
नेपालगञ्ज । बाँके प्रहरीले एकपछि अर्को अर्को मोटरसाइकल चोरहरु पक्राउ गरिरहेको छ । बिहीबार नेपालगञ्जबाट मोटरसाइकल चोरी अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं-८ का अत्तहर हुसैन फारुकीको १२ मंसिरमा मोटरसाइकल चोरी भएको थियो । बाँके प्रहरीलाई चोरीको सूचना प्राप्त हुनसाथ खटिएको टोलीले नेपालगञ्ज वडा नं-१८ मा रहेको एक ग्यारेज अगाडीबाट उक्त मोटसाईकलसहित दुई जनालाई पक्राउ गरेको हो ।
वडा नं-१८ मा रहेको जनता ग्यारेज अगाडीबाट चोरीको मोटरसाइकलसहित चोरीमा संलग्न दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी डिएसपी नारायण डाँगीले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा नेपालगञ्ज-८ का २३ वर्षीय अजय सिंह वाडिया र नेपालगञ्ज-९ का रमेश भन्ने हरि सुनार रहेका छन् । उनीहरुले चोरी गरेको मोटरसाइकलको रङ् परिवर्तन गरि प्रयोग गरिरहेको अवस्थामा फेला पारेको डिएसपी डाँगीले बताउनुभयो ।
बाँके प्रहरीले केहीदिन अघिमात्रै राप्तीसोनारी गाउँपालिका फत्तेपुरका एक युवालाई डिएसपीरोडबाट हराएको मोटरसाईकलसहित पक्राउ गरेको थियो ।





