ब्राजिलमा चार अन्तर्राष्ट्रिय फुटबल खेलाडीलाई कोरोना

तस्बिर : गुगल

रियो दी जेनेरियो । विश्वभरि महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट ब्राजिलमा चारजना अन्तर्राष्ट्रिय फुटबल खेलाडी पनि संक्रमित भएका छन् ।

संक्रमित खेलाडीहरुको नामावली सार्वजनिक नगरिएपनि उनीहरुलाई अहिले स्वास्थ्यकर्मीहरुको निगरानीमा अलग राखिएको छ ।

ब्राजिलको पोट्रो एलेग्रा फुटबल क्लबले मंगलबार वक्तव्य जारी गर्दै आफ्ना चार खेलाडी संक्रमित भएको र उनीहरुको अहिले उपचार भइरहेको पुष्टि गरेको छ । ‘उनीहरुको फेरि परीक्षण गरिनेछ’–वक्तव्यमा उल्लेख छ ।

ब्राजिलमा आगामी अगस्ट ८ तारिखदेखि सिरी ‘ए’ लिग सुरु हुने कार्यतालिका सार्वजनिक गरिएको थियो । पूर्वनिर्धारित तालिकाभन्दा तीन महिना पछाडि सारेर सो च्याम्पियनसिप सुरु गर्ने तयारी गरिएको हो ।

ब्राजिलमा १४ लाखको हाराहारीमा कोरोनाभाइरस संक्रमित पुगिसकेका छन् भने झन्डै ६० हजारको मृत्यु भइसकेको छ । रासस र सिन्ह्वा

Previous articleकर्मचारीले आन्दोलन गर्ने भएपछि सिंहदरबार प्रवेशमा कडाइ
Next articleतटबन्ध निर्माण कार्यमा घुस लिएका चार जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here