४५ जनाद्वारा नेपालगञ्जमा रक्तदान

नेपालगञ्ज । नेपालगञ्जमा वर्मा (कुर्मी) सहयोगी हात, बाँकेले नेपालगञ्जमा रक्तदान गरेको छ । कार्यक्रममा २ जना महिलासहित ४५ जनाले रक्तदान गरेका छन् ।

कार्यक्रम नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टको बिशेष उपस्थितिमा वर्मा (कुर्मी) सहयोगी हात संस्थाका संयोजक डा.कौशल कुमार वर्मा र डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले प्राविधिक महेश राना क्षेत्रीलाई नेपालगञ्ज वडा नं-१८ का वडाध्यक्ष दिपक कुमार वर्मा र रक्तदान कार्यक्रमका संयोजक धर्मराज वर्माले प्रादेशिक रक्त संचार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीलाई तथा नेपालगञ्ज वडा नं-६ का वडाध्यक्ष समीर प्रताप सिंहले प्राविधिक प्रशान्त तिवारीलाई संयुक्त रुपमा रक्तदान संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रमको विधिवत उद्घाटन गर्नुभएको थियो ।

नेपालगञ्ज वडा नं-६ स्थित फत्तेवाल आँखा अस्पताल नेपालगञ्जको परिसरमा गरिएको रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका कोषाध्यक्ष मन मोहन वर्मा, सल्लाहकारद्वय समाजसेवी माधवराम वर्मा, पवन जायसवाल, गैर सरकारी संस्था नेपाल बाँकेका सचिव आशीष वर्मा, नेपाल टेलिभिजन कोहलपुरका प्रमसख बिजय वर्मा, बिराट वर्मा, जानकी गाउँपालिका वडा नं-३ का वडाध्यक्ष राज कुमार वर्मा, लगायतको सहभागिता रहेको थियो ।

वर्मा(कुर्मी) सहयोगी हात, बाँकेका सदस्य सुशील वर्माले स्वागत मन्तव्य गर्नुभएको थियो । बिशिष्ट अतिथि डुडुवा गाउँपालिका अध्यक्ष चौधरी, नेपालगञ्ज-१८ का वडाध्यक्ष वर्मा, वडा नं-६ का वडाध्यक्ष सिंह, प्रादेशिक रक्त संचार सेवा केन्द्रका प्रमुख रेग्मी लगायतले आ-आफना बिचार राख्नुभएको थियो ।

Previous articleमानव बेचबिखनको आरोपमा नेपालगञ्जबाट एक महिला पक्राउ
Next articleठुलो मात्राको अफिम र चरेससहित कोहलपुरका एक दम्पती पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here