ठुलो मात्राको अफिम र चरेससहित कोहलपुरका एक दम्पती पक्राउ

नेपालगञ्ज । ठुलो मात्राको लागू औषध (अफिम र चरेससहित) कोहलपुरका एक दम्पती पक्राउ परेका छन् ।

बाँके प्रहरीले शनिबार राती पौने नौ बजेको समयमा लागू औषधसहित कोहलपुर नगरपालिका वडा नं-८ पिपरी बस्ने ४० वर्षिय रेवन्त राना र रानाकी श्रीमती ३३ वर्षीया कबिता थापालाई पक्राउ गरेको हो ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले रानाको घरमा र उनको कारमा चेकजाँच गर्दा ठुलो मात्रामा लागू औषध फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एव प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।

रानाले प्रयोग गर्ने बा ५ प ८२१५ नम्बरको कारबाट चरेस जस्तो देखिने १२ केजी ७०४ ग्राम र अफिम जस्तो देखिने कालो गिलो पदार्थ २ केजी ११६ ग्राम बरामद भएको प्रवक्त डाँगीले बताउनुभयो ।

रानाबिरुद्ध यसअघि २०७१ चैत्र १९ गते जिल्ला प्रहरी कार्यालय बर्दियाबाट लागू औषध मुद्दा, २०७२ असोज २० गते जिल्ला प्रहरी कार्यालय बाँकेबाट सार्वजनिक अपराधमा मुद्दा र २०७३ असार ३ गते कोहलपुर प्रहरीबाट समेत लागू औषध मुद्दा चलेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई लागू औषध नियन्त्रण ऐन २०३३ को दफा १४ बमोजिम १५ वर्षदेखि जन्म कैद र रु पाँच लाखदेखि २५ लाख सम्म जरिवाना हुन सक्ने बाँके प्रहरीको भनाई छ ।

Previous article४५ जनाद्वारा नेपालगञ्जमा रक्तदान
Next articleजनमतको ५८ औं श्रृङ्खलामा ५२ जनाद्वारा रक्तदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here