नेपाल-भारतका नागरिकलाई दुःख दिने काम बन्द गर्न माग

नेपालगञ्ज । नेपाल-भारतका नागरिकलाई दुबै देशका प्रहरी प्रशासनले दुःख दिने काम बन्द गर्नुपर्ने अगुवाहरुले माग गरेका छन् । नेपालगञ्जमा सम्पन्न सीमा क्षेत्रका नागरिकले भोग्दै आएको समस्या र समाधानका उपायबारे अन्तरसम्बन्ध संवाद कार्यक्रममा बोल्ने दुबै देशका अगुवाहरुले माग गरेका हुन ।

सो कार्यक्रममा बोल्ने वक्ताहरुले सीमा क्षेत्रमा दुवैतर्फका प्रहरी प्रशासनले सर्वसाधारणलार्य अनावश्यक रुपमा दुःख दिने गरेको बताएका छन् । सीमा क्षेत्रका नागरिकको पीडा काठमाण्डौं र दिल्लीले बुझन् नसकेको समेत उल्लेख गरे ।

वरिष्ठ अधिवक्ता विजय गुप्ताले नेपाल-भारत सीमा क्षेत्रलाई काठमाण्डौं र दिल्लीको हेर्ने दृष्टिकोण गलत रहेको बताउनुभयो । ‘दिल्ली र काठमाण्डौंले बनाउने गलत कानूनका कारण सीमा क्षेत्रमा समस्याहरु उत्पन्न हुने गरेको पूर्वमन्त्री सर्वदेव ओझाको भनाई छ ।

जमुनाहा नाकामा चेकजाँचका लागि सर्वसाधारण तथा पर्यटकहरुलाई घण्टौं लाइनमा बस्नुपर्ने अवस्थाले नागरिकर्ला समस्या हुने गरेको छ । चेकजाँचलाई सहज बनाउनुपर्ने पूर्व मन्त्री ओझाको माग छ ।

नेपाल-भारत खुला सीमा संवाद समूहका केन्द्रीय अध्यक्ष राजीव झाले नेपाल-भारतको सदियौंदेखिको खुला सिमानामा जबदेखि राजनीति प्रवेश गरेदेखि सीमामा कडाइ हुन थालेको बताउनुभयो ।

उहाँले दुवै देशका नेतृत्वले सीमासम्बन्धी कानून बनाउँदा स्थानीय जनताको धारणा बुझ्नुपर्ने जिकिर गर्नुभयो । पूरा विश्वमा खुला अर्थतन्त्रमा गइरहेको, खुला सिमानाको परिकल्पना गरिरहेको बेलानेपालका केही व्यक्तिहरु विदेशीको इशारामा नेपाल-भारतको सिमाना बन्द गर्नुपर्ने आवाज उठाइरहेको बताउनुभयो ।

उहाँले युरोपका २६ देशको सिमाना खुला रहेको तथ्य जिकिर गर्नुभयो । उहाँले पहाडी समुदायका ३०-४० लाख व्यक्ति भारतमा काम गरिरहेको बताउँदै सीमा बन्द भयो भने उनीहरुलाई बढी अप्ठ्यारो हुने अवस्थालाई पनि देशले बुझ्नुपर्ने बताउनुभयो ।

नाकामा सरकारले खाद्यान्न वस्तुमा भन्सार पूर्ण छुट बनाउनुपर्ने अथवा न्यून भन्सार हुनुपर्ने बताउनुभयो । उहाँले सन् १९५० को नेपाल-भारत सन्धीलाई पूर्णरुपमा लागू गर्नुपर्ने वा पुनरावलोकन गर्नुपर्ने धारणा राख्नुभयो ।नेकपा एमालेका नेता पशुपति दयाल मिश्रले भारतबाट आउने गाडीलाई ठाउँ-ठाउँमा चेकजाँचको नाममा दुःख दिने गरेको बताउनुभयो । उहाँले भारतीय गाडीको अनावश्यक चेकजाँच गर्ने र टर्चर दिने काम बन्द हुनुपर्ने धारणा राख्नुभयो ।

पहिला भारतीय गाडीलाई पाँच सय रुपैयाँ भन्सार लिने गरिनेमा अहिले छ सय रुपैयाँ लिने गरेको तथा पाँच सय रोड ट्याक्स पनि लिने कार्यले पर्यटक आउन नमान्ने र पर्यटन क्षेत्र ध्वस्त हुँदै गएको उहाँले बताउनुभयो ।

कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य लक्ष्मीनारायण वर्मा, रुपैडिया नगर पञ्चायतका अध्यक्ष डा.उमाशंकर वैश्यले दुवै देशका सुरक्षा निकायलाई मजबुत बनाउनुपर्ने र टेक्नोलोजीको विकास गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

नेपालगञ्जका समासेवी जगदम्बा पाठकले सीमाका जनताले नेपाली र भारतीय मुद्राको पनि समस्या खेपिरहेको बताउँदै नेपाल राष्ट्र बैंकले जारी गरेको सूचनाले भारतमा काम गर्ने लाखौं नेपालीहरुले समस्या झेल्ने गरेको बताउनुभयो ।

उहाँले भारतबाट आउने नेपालीले १० र २० को नोट ल्याउन झन समस्या हुनुका साथै भातरमा अध्ययन गर्ने लाखौं विद्यार्थीहरु आवश्यक खर्च पठाउने कार्यलाई सहज बनाउन सरोकारवालाले ध्यान दिनुपर्ने बताउनुभयो ।

नेपाल भारत खुला सीमा संवाद समूह बाँकेका अध्यक्ष बिनय चन्द्र गुप्ताको अध्यक्षतामा भएको संवादमा समूहका केन्द्रीय सदस्य बलि ठाकुर, लोसपा महासचिव जासर यादव, जी नेटवर्कका प्रमुख आशिष गुप्ता, पत्रकार आरिफ अन्सारी, सन्जय बर्मा, रामजी सोनी, ललित रौनियार, शम्भु लाल कुमाल, जगदीश प्रसाद सुक्ला, कृष्ण मुरारी प्रसाद भट्ट, शैलेन्द्र बैश्यले सीमामा हुने समस्याबारे बोल्नुभएको थियो ।

Previous articleलैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापन, खबरदारी निरन्तर रहने (फोटो फिचरसहित)
Next articleसहकारी संस्थालाई सुदृढ र भरोसायोग्य बनाउन अभिमुखीकरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here