लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापन, खबरदारी निरन्तर रहने (फोटो फिचरसहित)

नेपालगञ्ज । “लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता” भन्ने मुल नाराका यस वर्षको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकिएको छ ।

आइतबार नेपालगञ्जसहितका स्थानीय तहमा बिभिन्न कार्यक्रम गरि अभियानको समापन गरिएको हो । यद्दपि लैङ्गिक हिंसा बिरुद्धको खबरदारी भने निरन्तर चलिरहने नेतृत्वकर्ताहरुले बताएका छन् ।

समापनको अवसरमा नेपालगञ्जमा मोटरसाईकल ¥याली निकालिएको छ भने अभियान अवधीभर सचेतनामूलक कार्यक्रमहरुमा अन्तरक्रिया, अभिमुखिकरण, सडक नाटक, व्यानर प्रदर्शन, रेडियो जिंगल प्रशारण, रेडियो बहस, कार्यशाला गरिएको थियो भने नेपालगञ्ज वडा नं-१४ को बालेगाउँ चोकमा सडक नाटक प्रदर्शन कार्यक्रम गरिएको छ ।

समापनका दिन नेपालगञ्जस्थित महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रबाट शुरु भएको ¥याली पुष्पलाल चोक, धम्बोझी चोक, बीपी चोक, गणेशमान चोक, ट्राफिक चोक, चौलिक्का चोक हुँदै नेपालगञ्ज वडा न-१५ स्थित जमुनाहमा पुगेर सभामा परिणत भएको थियो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सांसद मिना श्रेष्ठले लैङ्गिक हिंसा बिरुद्धको खबरदारी घरबाट शुरु गर्नुपर्ने बताउनुभयो । उहाँले केही दिनमात्र मनाइने यो अभियान वर्षभरी नै संचालन हुने भएकाले खबरदारी गर्नुभएको थियो ।

उपमहानगरपालिकास्तरीय लैङ्गिक हिंसा निगरानी संजालका संयोजक उप–प्रमुख कमरुद्दिन राईको अध्यक्षतामा भएको सभामा नेपालगञ्ज उपमहानगपालिकाका नगर प्रमुख प्रशान्त बिष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवास चन्द्र बोहरा, पत्रकार महासंघ बाँकेकी उपाध्यक्ष करुणा शाहले बोल्नुभएको थियो ।

नेपालगञ्ज उपमहानगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख महिला बिकास अधिकृत मञ्जु पाण्डेले अभियानबारे प्रष्ट पार्नुभएको समापन सभालाई अधिकृत छैठौं आशा शाहीले संचालन गर्नुभएको थियो । ¥यालीमा लैङ्गिक हिंसा बिरुद्ध काम गर्ने बिभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरुका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

Previous articleभ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास २४ औं बर्षमा प्रवेश
Next articleनेपाल-भारतका नागरिकलाई दुःख दिने काम बन्द गर्न माग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here