
काठमाडौं । भिजिट भिसामा खाडी मुलुक पठाउन नक्कली कागजात बनाउने कार्यमा सहयोग गरेको आरोपमा नेपाल वायुसेवा निगमका एक जना अधिकृत पक्राउ परेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले अधिकृत होमनाथ पोखरेललाई पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । आज थप अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थप गरेर ल्याएको उहाँले बताउनुभयो ।
भिजिट भिसामा कामदार पठाउने गिरोहबारे अनुसन्धान गर्दै जाँदा वायुसेवा नियमका अधिकृत पोखरेलको पनि संलग्नता खुलेको एसपी रेग्मीले बताउनुभयो ।
यो प्रकरणमा प्रहरीले यसअघि कन्सल्टेन्सीका सञ्चालकसहित १३ जनालाई पक्राउ गरिसकेको छ ।





